सेतीमादी संवाददाता
बैशाख २७ गते ।
नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी नवनिर्वाचित सभापति आस्था बिन्दु मल्लले पार्टीको संगठन गर्ने आफु लाग्ने बताएकी छन्।
विभिन्न रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका नेपालीहरुको विविध समस्या समाधान गर्न विगतदेखि पनि आफु लागिरहेको र आगामी दिनमा अझ सक्रिय रुपमा लाग्ने बताएकी छन् ।
४० हजार नेपाली रहेका दक्षिण कोरियामा पार्टीगत संगठनमा पनि आफुले सदस्यता बढाउन लाग्ने बताएकी छन् ।
हालै सम्पन्न समितिको पाँचौँ महाधिवेशनबाट अत्यधिक मतले प्यानल सहित विजयी भएकी मल्ल पार्टीको मात्र नभइ सम्पुर्ण प्रभासी नेपालीको पिरमर्कामा आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्धता समेत व्यक्त्त गरेकी छन् ।
तनहुँ भिमाद नगरपालिका वडा न.३ माझकोटकी मल्ल लामो समयदेखि दक्षिण कोरियामा व्यवसायी गर्दै आइरहेकी छन्।




0 Comments
You can be the first one to leave a comment.