
विवेक न्यौपाने
विश्वेश्वर प्रसाद कोइरालाको परिकल्पनामा हुर्केको नेपाली कांग्रेस ६ दशक पार गर्दागर्दै आफ्ना स्थापीत मुल्य र मान्यतालाई व्यवहार तह तिलान्जली दिई कागजी रुपमा मात्र सिमित पारीएको नेपाली जनता तथा कर्मठ कांग्रेसी जनको बुझाइ रहेको छ ।
विशेषत ः नेपालमा २०४६ सालको प्रजातन्त्र स्थापना पछि कांग्रेसमा एकले अर्काेलाई निषेधको राजनीति हावि भयो । जसकारणले गर्दा गणेशमान जस्ता त्यागी नेताले आफ्नो जिवनको उत्तरार्धमा अपमान जनक रुपमा राजनितिबाट वर्हिगमन हुनुप¥यो । कांग्रेसकै संस्थापक मध्येका अर्का नेता कृष्ण प्रसाद भट्टराई र नेत्री शैलजा आचार्यको अवस्थाले त राजनीति कति क्रुर र निर्दयी रहेछ भन्ने छर्लङ्ग हुन पुगेको छ । अपितु वि.पीको व्याज र तिनै त्यागी र जनहितलाई सोच्ने केहि सिमित नेताको कारण कांग्रेस जनतामा आजसम्म पनि टिकी रहेको तितो यथार्थ हो । तर इतिहासको व्याज खाएर मात्र राजनीति चल्दैन तसर्थ वर्तमान परिवेशमा परिमार्जित र परिस्कृत हुनु कांग्रेसको लागी आवश्यकता र चुनौती दुवै छन् । हालै नेपाली राजनितिमा तातो वहसको विषय वनेको शासकीय स्वरुपमा संसदमातहत कार्यकारी प्रमुख, कि प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रमुख भन्ने विषयमा पार्टिले जनतामा स्पष्ट बुझाउन र पार्टीको निति विपरीत आफ्ना धारणा राख्ने माथी अंकुश लगाउन नसक्नुले पनि कांग्रेसले लिएका निर्णय र अडान जनतामाझ नांगो सावीत गर्न खोजीदै छ । तसर्थ संसदीय व्यवस्थाले चुनीने प्रधानमन्त्री र धर्मका सवालमा पार्टीको अनुसासनमा रही स्पष्ट निति र अडान जनता माझ बुझाउन नेता तथा कार्यकर्तालाई शहरदेखी गाउँसम्म परिचालन गर्नु राष्ट्र र लोकतन्त्रका लागि हित हुनेछ । अन्यथा पार्टि मात्र नभई संसदीय व्यवस्थामाथी नै खतरा तानासाहको जन्म हुनका लागि कांग्रेस साक्षी बन्ने वातावरण बनाइँदै छ । यसकारण शासकीय व्यवस्थामा लिएका अडान नेता कार्यकर्तालाई बुझाइृ समयमै परीचालन गर्नु आजको तड्कारो आवश्यकता पनि हो । त्यस्तै कांग्रेसी नेत्रित्वलाई आज आम जनता र ति दुर दराजका कार्यकर्ता समेतबाट आन्तरीक लोकतान्त्रीक प्रतिस्पर्धाका लागि जिवन्तता दिन चुक्नु कारण सबैले आभाषा पाउन थालेका छन् ।
नेपाली कांग्रेसको नर्सरीको रुपमा रहेको भातृ संस्था नेवि संघको अधिवेशन नभएको एक दशक पुग्नै लाग्यो, अन्य भातृ संस्थाहरु पनि लथालीङ्ग भएका छन्, सवल र स्वच्छ प्रतिस्पर्धा भन्ने हराएको छ । पार्टीको नेतावाटै अनुसासनको पालना नहुने, नियम र काइदा आफू अनुकुल व्याख्या गर्ने, नातावाद र कृपावादबाट पार्टीलाई परिचालन गर्न खोज्ने अझ मुख्य रुपमा भन्नु पर्दा चलायमान मातृसंस्थाको अधिवेशन नगराउने र चोर वाटो वाट आफ्ना भाई छोराहरुलाई सिधै उपल्लो पदमा पुस्ता हस्तान्तरणका लागि जवरजस्ती राजनीति र लाभका पदमा उतारीएको छ । जुन एक स्वामीमानी र तल्लो हतबाट काम गरेका कार्यकर्ताको लागि कति सैह्य हुन्छ । सचेत हुने वेला आएको छ ।
अन्यथा कमारो शैलीमा नेत्रित्वको चाकडीमा ढोका ढकढकाउने प्रवृत्तिमा लाग्नु र बनाइनु युवाहरुको नियती बनाइएको छ । यो चिर्नु नै आम कांग्रेसीहरुको आजको चुनौती हो । साथै उनीहरुले गरेका गलत निर्णयमा टुलटुल हेरी ताली ठोक्नु सिवाय अन्य केही हुँदैन, तसर्थ समय र वेलैमा यस्ता चुनौतीलाई परास्त गर्न, कर्मठ र लगनशिल कांग्रेसीको आजको दायित्व पनि हो ।
(लेखक नेविसंघ, तनहु काठमाडौं सम्पर्क समितिका सभापति हुन्)



1 Comment
Good job. Dambar. I am proud of yr job. It helps to recognize Damauli in world.