ddd
डम्बर अधिकारी

सामाजिक उत्तरादायित्वको क्षेत्रमा विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गाँस्नेका उदेश्यका साथ हामीले सयौं हातहरु नामक संस्था स्थापना गरेका छौं ।

यो संस्था हामीले फागुन ३ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरेका हौं। सयौं हातहरुको कार्यक्षेत्र हाललाई तनहुँ जिल्ला मात्र रहेपनि स्थानीय प्रशासनको स्वीकृत लिएर देशका पचहत्तरै जिल्लाहरुमा शाखा कार्यालय स्थापना गर्न सकिनेछ ।यसका अलावा विदेशमा समेत सम्र्पक शाखा स्थापना गर्ने लक्ष्य हामीले लिएका छौं ।जुन लक्ष्य अनुरुप हामीले कतार , वेलायत ,न्यूजिल्याण्ड र अमेरिकामा समेत सम्र्पक शाखाहरु स्थापना गरिसकेका छौं ।

सयौं हातहरु विशुद्ध सामाजिक संस्था हो । यो संस्थाको प्रमुख उदेश्य भनेको राज्यको ध्यान नपुगेको स्थानको शिक्षा,स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा सहयोग गर्नु हो ।यसका अलावा समाजमा सुशासन कायम गर्नुका साथै भ्रष्टचारलाई न्यूनीकरण गर्नु रहेको छ ।

झट् सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ राज्यले ध्यान दिन नसकेको स्थानमा हालै मात्र स्थापना भएको सामाजिक संस्थाले कसरी सहयोग गर्ला भनेर ।तर अचम्म नमान्नुहोला त्यसका लागि हामीले एउटा नियम बनाएका छौं ।जसअनुसार सयौं हातहरुका प्रत्येक सदस्यले वार्षिक रुपमा सदस्यता शुल्क वापत एक हजार र आजिवन सदस्य वापत रु ५ हजार १ बुझाउनु पर्दछ ।यसका अलावा आफ्नो इच्छा अनुसार यो संस्थामा सहयोग समेत प्रदान गर्न सकिने छ ।जुन रकमबाट हामीले सहयोग गर्ने योजना बनाएका छौं । हाल यो संस्थामा करिब एक सय जना सदस्य रहेपनि भविष्यमा हजारौंको संख्यामा सदस्य बनाउने लक्ष्य राखेका छौं ।उदाहरणका लागि हामीले १० हजार सदस्य बनायांैं भने वार्षिक १० करोड सहयोग संकलन हुने छ ।जुन रकम राज्यले ध्यान दिन नसकेको ठाउँको शिक्षा,स्वास्थ्य र साना तिना विकास निर्माणका क्षेत्रमा सहजै सहयोग प्रदान गर्न सकिनेछ । तसर्थ यो अभियानमा सहभागी हुन ढिलाई नगरौं ।

हुन त नेपाली धर्तिमा जन्मिएका हरेक नागरिकलाई शिक्षा,स्वास्थ्य र रोजगारीको प्रत्याभूतिका साथै अन्य सुविधा प्रदान गर्नु राज्यको दायित्व हो ।तर राज्य यतिखेर आफ्नो दायित्व विमुख बन्दै आईरहेको छ ।यस्तो अवस्थामा यि क्षेत्रमा सहयोग गर्नु हामी नागरिकको पनि दायित्व हो । त्यसैले नागरिकले निर्वाह गर्नुपर्ने दायित्वबाट तपाई हामी भाग्न मिल्दैन ।

संस्था स्थापना भएलगत्तै हामीले पहिलो पटक वेदव्यास जेष्ठ नागरिक आश्रममा १० हजार १ सय नगद र ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यन् सहयोग गरेका छौं ।त्यस्तै केही दिन भित्र किताब ,कापी ,झोला र पोशाक नभएर विद्यालय जानबाट बञ्चित स्कुले नानीहरुलाई सहयोग गर्ने योजना बनाएका छौं। आशा छ, यो अभियानमा तपाईहरुको समेत अवश्य साथ रहनेछ ।यदि तपाईहरु यो अभियानमा सहभागी हुन चाहुनुहुन्छ भने सिटिडेभलपमेन्ट बैक दमौली शाखामा सयौं हातहरुको– hundreds hands को नाममा रहेको ००८०१५०००५३६६३०००००१ खाता मार्फत सहयोग गर्न सक्नुहुनेछ ।

अधिकारी संस्थाका अध्यक्ष हुन ।
damberadhikaritanahun@gmail.com

 

1 Comment

  1. kiran pantha says:

    samasewi pahilaharu agadi badirahun

Leave a Reply to kiran pantha