डुम्रे १७ फागुन ।
क्षेत्रीय होटल संघ डुम्रेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार डुम्रेमा सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।अधिवेशनबाट अध्यक्षमा बेनीबहादुर थापालाई सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सञ्जीव श्रेष्ठ, सचिवमा राजु प्रधान, कोषाध्यक्षमा कैलाश श्रेष्ठ तथा सह सचिवमा प्रेम गुरुङलाई चयन गरेको छ ।
त्यसैगरी इकाईका सदस्यहरुमा कमल थापा, सन्त गुरुङ, मनिसरा थापा, बलबहादुर थापा र शेषकुमारी पिया चयन भएका छन् ।अधिवेशनेको संघका जिल्ला अध्यक्ष रत्नकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । सञ्जय आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा दमौली इकाई सभापति दुर्गावलास भट्टराई, डुम्रेका निवर्तमान सभापति गणेशकुमार श्रेष्ठ, पूर्व सदस्य राम जोशी लगायतले बोलेका थिए ।



0 Comments
You can be the first one to leave a comment.