दमौली १७ फागुन ।
कानुन न्याय, संविधान सभा तथा संसदिय मामिला र शान्ति तथा पुर्न निमार्ण मन्त्री नरहरी आचार्यले सहमतिमा नै संविधान जारी हुने बताएका छन् । सो कुरा मन्त्री आचार्यले तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास सस्कृत माध्यामिक विद्यालयको २२ औं वार्षिकोत्सवको शनिबार उद्घाटन कार्यक्रमका अवसरमा बताएका हुन् ।
सहमतिमा नै संविधान जारी गर्न सरकारले पहल गरेको समेत मन्त्री आचार्यको भनाई थियो । त्यस्तै सहमति संविधान निर्माणका लागि विपक्षीलाई वार्तामा बोलाईएको मन्त्री आचार्यको भनाई थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा विद्यालयको भौतिक पूर्वाधार विकास गर्न सहयोग पु¥याउने विभिन्न व्याक्तिहरुलाई मन्त्री आचार्यले दोसल्ला ओढाई र प्रशंसापत्र पदान गरी सम्मान पनि गरेका थिए । विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक तुलसीशरण सिग्देलले प्रस्तुत गरेका थिए ।




0 Comments
You can be the first one to leave a comment.