डुम्रे १७ फागुन ।
तनहुँको तनहुँसुर गाविस–६ ठाँटीचौरस्थित लक्ष्मी निमाविको जुनियर रेडक्रस सर्कलमा आबद्व विद्यार्थीहरु गाउँ सरसफाई अभियानमा जुटेका छन् । अभियानको सर्कलका संरक्षक रमेश चन्द्र आचार्यले उद्घाटन गरेका थिए ।अभियानमा सर्कलका सभापति राजेन्द्र रोकाको नेतृत्वमा ५० जना विद्यार्थी सहभागी भएका छन् ।

विद्यालय सेवा क्षेत्रको गाउँ सरसफाईको नमुना बनाउन अभियानमा जुटेको विद्यालयले जनाएको छ । ‘सक्छौं सफा गरौं सक्दैनौ फोहर नगरौं भन्ने नारा लेखेका चेतना मुलक सन्देशका बोर्डहरु टाँसिएको छ । बोर्ड गजौडे, रिट्टाबोट, रानीपानी सिमलचौर, ज्यामिरे, बिर्ता, पाउँदी लगायतका २० वटा गाउँमा टासिएको शिक्षक नायक विजय आचार्यले जानकारी दिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment