डुम्रे १७ फागुन ।
तनहुँको रुपकोट गाविस–५ स्थित जनज्योती ग्राम समितिको आयोजना स्वास्थ्य शिविर आयोजना गरियो ।शिविरको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शंकर भण्डारीले उद्घाटन गरेका थिए । आयोजक समितिका अध्यक्ष चन्द्रप्रकाश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पूर्व राज्यमन्त्री अमरराज कैनी, नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल लगायतले बोलेका थिए ।
शिविरमा नेपाल मेडिकल कलेज काठमाडौँका डा. कबच शर्माको नेतृत्वमा २३ जना स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए । पहिलो दिन ५ सय १४ जना विरामीको स्वाथ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । शिविरमा हाँडजोर्नी तथा नशा, स्त्रि तथा प्रसुति, जनरल मेडिसिन, बाल रोग लगायको उपचारको व्यस्वस्थाका साथै निशुल्क रुपमा औषधी वितरण गरिने छ ।



0 Comments
You can be the first one to leave a comment.