दमौली १४ फागुन ।
महाभारत, चार वेद र अठार पुराणका रचयिता वेदव्यासको १०८ फिट अग्लो मूर्ति मानहूँमा राख्ने विषयमा भेला बोलाइने भएको छ ।चौतर्फी रुपमा मूर्ति मानहूँमा राख्नुपर्ने आवाज उठेपछि मूर्ति निर्माण समिति यस किसिमको निष्कर्षमा पुगेको हो । मूर्ति निर्माण समितिका अध्यक्ष बृषराज श्रेष्ठ र विभिन्न राजनीतिक दलका नेता देखि सर्वसाधरणहरुबाट मूर्ति मानहूँमा बनाउनुपर्ने आवाज आएको हुँदा यस विषयमा निर्णय गर्न छिट्ै भेला बोलाइने बताएका छन् ।
यता मूर्ति मानहूँमा निर्माण गर्ने विषयलाई काग्रेस उपसभापति एवं सभासद रामचन्द्र पौडेलले समेत खुसी व्यक्त गरेका छन् । दमौलीको पर्यटन विकासलाई मध्यनजर गर्दे मूर्ति मानहूँमा निर्माण गर्न आफूले पहिला देखि नै सुझाव दिएको समेत उपसभापति पौडेलले बताएका थिए ।
मानहूँमा मूर्ति निर्माण गरे सगै केबलकार निर्माण गर्ने लक्ष्य समेत लिनु उपसभापति पौडेलको भनाई छ । त्यस्तै दमौलीका स्थानीय वासिन्दाहरु समेत मूर्ति मानहूँमा बनाउन उपयुक्त सुझाव दिन्छन् । व्यास २निवासी माधव बहादुर पन्त मानहूँमा १०८ फिटको मूर्ति निर्माण गर्दा दमौलीको रौनक नै अर्के हुने बताउँछन् ।
यसैबीच केही दिन अगाडि दमौली आएका पण्डित दीनबन्धु पोखरेलले समेत मूर्ति मानहूँमा बनाउन उपयुक्त हुने सुझाव दिएका थिए । मानहूँमा बनाएमा वेदव्यासको जन्मथलो दमौलीको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा मद्धत पुग्नेमा जोड दिएका थिए । यस अघि व्यासको जन्मोथलो दमौलीको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद शंकर भण्डारीले संसदमा आवाज उठाएका थिए ।
महाभारत, चार वेद र अठार पुराणका रचयिता वेदव्यासको १०८ फिट अग्लो मूर्ति मानहूँमा राख्ने विषयमा भेला बोलाइने भएको छ ।
चौतर्फी रुपमा मूर्ति मानहूँमा राख्नुपर्ने आवाज उठेपछि मूर्ति निर्माण समिति यस किसिमको निष्कर्षमा पुगेको हो । मूर्ति निर्माण समितिका अध्यक्ष बृषराज श्रेष्ठ र विभिन्न राजनीतिक दलका नेता देखि सर्वसाधरणहरुबाट मूर्ति मानहूँमा बनाउनुपर्ने आवाज आएको हुँदा यस विषयमा निर्णय गर्न छिट्ै भेला बोलाइने बताएका छन् ।
यता मूर्ति मानहूँमा निर्माण गर्ने विषयलाई काग्रेस उपसभापति एवं सभासद रामचन्द्र पौडेलले समेत खुसी व्यक्त गरेका छन् । दमौलीको पर्यटन विकासलाई मध्यनजर गर्दे मूर्ति मानहूँमा निर्माण गर्न आफूले पहिला देखि नै सुझाव दिएको समेत उपसभापति पौडेलले बताएका थिए ।मानहूँमा मूर्ति निर्माण गरे सगै केबलकार निर्माण गर्ने लक्ष्य समेत लिनु उपसभापति पौडेलको भनाई छ । त्यस्तै दमौलीका स्थानीय वासिन्दाहरु समेत मूर्ति मानहूँमा बनाउन उपयुक्त सुझाव दिन्छन् ।
व्यास २निवासी माधव बहादुर पन्त मानहूँमा १०८ फिटको मूर्ति निर्माण गर्दा दमौलीको रौनक नै अर्के हुने बताउँछन् । यसैबीच केही दिन अगाडि दमौली आएका पण्डित दीनबन्धु पोखरेलले समेत मूर्ति मानहूँमा बनाउन उपयुक्त हुने सुझाव दिएका थिए । मानहूँमा बनाएमा वेदव्यासको जन्मथलो दमौलीको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा मद्धत पुग्नेमा जोड दिएका थिए । यस अघि व्यासको जन्मोथलो दमौलीको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद शंकर भण्डारीले संसदमा आवाज उठाएका थिए ।



0 Comments
You can be the first one to leave a comment.