दमौली १८ फागुन ।
तीन बर्ष अगाडि स्थापना भएको डिसु नेपालले जिल्लाका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आईरहेको छ ।यसै सिलसिलामा डिसु नेपालले पछिल्लो पटक व्यास ३ सेराका बालबालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक, राष्ट्रिय चिन्ह र सन्देशमुलुक सामाग्री वितरण गरेको छ । यसअघि डिसु नेपालले व्यास ६ स्थित सिन्धु प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा विद्यालयलाई ६ थान पंखा वितरण गरेको थियो ।
त्यस्तै संस्थाले कर्लुङ्ग प्राथमिक विद्यालय घाँसीकुवामा न्यून आय स्तर भएका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।संस्थाकी अध्यक्ष नोमा थापाका अनुसार सहयोगी हातहरु मार्फत संकलित रकम मार्फत संस्थाले सहयोग अभियान थालेको छ । थापा यो अभियानमा सम्पूर्ण जिल्लाबासीबाट सहयोग मिलेको बताउँछिन् । यो अभियानमा संस्थाका सदस्यहरुले समेत रकम संकलन गरी सहयोग गर्ने गरेको थापाको भनाई छ ।
खासगरी आर्थिक अभावमा विद्यालय जान बञ्चित बालबालिकाहरुका लागि आफ्नो संस्थाले सहयोग गर्ने गरेको संस्थाका उपाध्यक्ष दीर्घबहादुर थापा बताउँछन । थापा आफूहरुले राज्यको ध्यान नपुगेको ठाउँमा सहयोग गर्दे आईरहेको बताउँछन् । यो अभियानलाई अझ तीब्रताका साथ अगाडि बढाउने समेत उपाध्यक्ष थापा बताउँछन् ।



0 Comments
You can be the first one to leave a comment.