दमौली १८ फागुन ।
तनहुँको सदरमुकाम दमौली स्थित व्यास गुफामा लामो समय देखि बस्दै आएका रातेबाबाको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।स्वास्थ्य अवस्था गम्भीर भएका ८६ बर्षिय रातेबाबालाई उपचारका लागि शनिबार पोखरा लगिएको थियो । तर अस्पतालले उनलाई आइतबार फिर्ता पठाई दिएको छ ।अस्पतालले फिर्ता पठाइदिए पछि रातेबाबालाई पोखराबाट व्यास गुफा नै ल्याइएको छ । व्यास गुफा परिसरमा बस्दै आएका रातेबाबाले गुफाको संरक्षण देखि विभिन्न सामाजिक काममा सहयोग पु¥याउदै आएका छन् ।



0 Comments
You can be the first one to leave a comment.