दमौली १४ फागुन ।
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीद्धारा घोषित आन्दोलन औचित्यहीन भएको बताएका छन् ।त्यसमा एनेकपा माओवादीले फागुन १६ मा गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । सो कुरा उपसभापति पौडेलले बुधबार दमौलीमा रिपोटर्स क्लब तनहुँद्धारा आयोजित पत्रकार भेटका क्रममा बताएका हुन । संविधान सभा नेपाल जनताले चुनेर पठाएका प्रतिनिधीहरुको सार्वभौम निकाय हो कसैको दबाबले केही फरक पर्देन उपसभापति पौडेलले भने ।

साथै उपसभापति पौडेलले एनेकपा को लठ्ठी प्रदर्शनले सरकार नतर्सने समेत बताएका थिए । त्यस्तै उपसभापति पौडेलले एनेकपा माओवादी संविधान निर्माणको प्रक्रिया बाट भाग्न खोजेको समेत आरोप लगाएका थिए । सबैलाई संविधान निर्माणको ढोका खुल्ला छ कसैले ढोका बन्द गरयो भन्छ भने त्यो वाहियत हो उपसभापति पौडेलले भने ।

पार्टीको संगठन मजबुत बनाउन आफू देशव्यापी रुपमा कार्यक्रम लिएर अगाडि बढेको समेत पौडेलले बताएका थिए । त्यस्तै पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्ने विषयमा सोधिएको एक प्रश्नमा उपसभापति पौडेलले अहिले घोषणा गर्ने बेला नभएको बताएका थिए । बेला आएपछि यस विषयमा बोल्ने उपसभापति पौडेलको भनाई थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment