दमौली १८ फागुन ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजनामा विद्यालय केन्द्रित साथी शिक्षा (दौतरी) शिक्षाका लागि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको छ । ।कार्यक्रममा १० वटा विद्यालयका शिक्षक, छात्र –छात्रा गरि ३० जनाको सहभागिता रहेको थियो । सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, तनहूँ जनस्वास्थ्य निरिक्षक ऐश्वर्य चन्द्र भट्टराई, प्रमोद सोती र अगमराज उपध्यायले साथी शिक्षा, परिवार नियोजन र लैङ्गिक हिंसा विषयमा जानकारी दिएका थिए ।
त्यस्तै स्रोत व्यक्ति व्यक्ति नारायण दत्त पौडेलले किशोरअवस्थामा देखिने लक्षणहरु बारे जानकारी गराएका थिए ।जनस्वास्थ्य अधिकृत मुक्तिनाथ पण्डितको सभापतित्वमा भएको कार्यक्रममा दमौली अस्पतालकी मेडिकल अधिकृत डा.सस्मिता खड्काले समेत सहजीकरण गरेकी थिइन् ।



0 Comments
You can be the first one to leave a comment.