दमौली १७ फागुन ।
नेपाल दशनामी समाज तनहुँको पाचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।सो अधिवेशनले नारायण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको ाछ । समितिको उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा धर्म गिरी, सह–सचिवमा सरिता गिरी, कोषाध्यक्षमा ठाकुर गिरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दामोदर गिरी, धनदत्त गिरी, पूर्णचन्द्र गिरी, हरिलाल गिरी, बसन्त गिरी, बाबुराम पुरी, लक्ष्मण गिरी, लालगोपाल पुरी, परशुराम गिरी, महादेव गिरी, मधु भारती, छमा पुरी चयन भएका छन् ।त्यस्तै केन्द्रीय प्रतिनिधीमा शालिकराम गिरी, र अर्जुन गिरी चयन भएका छन् ।अधिवेशनको केन्द्रीय महासचिव खिल गिरीले उद्घाटन गरेका थिए ।
गिरी समाजका अध्यक्ष अर्जुन गिरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं लमजुङका अध्यक्ष टक गिरी, पर्वतका अध्यक्ष तुलसी गिरी, कास्काी उपाध्यक्ष गोपाल गिरी, क्षेत्री समाजका केन्द्रीय सल्लाहकार समुन्द्र गोदार, क्षत्री समाज तनहुँका अध्यक्ष क्या. भरतबहादुर अधिकारी, दशनामी समाजका केन्द्रीय प्रतिनिधी शालिकराम गिरी, नारायण गिरी, परशुराम गिरी, गुठी समाजका अध्यक्ष शम्सेर पुरी, जिल्ला सचिव राजेन्द्र गिरी लगायतले बोलेका थिए ।



0 Comments
You can be the first one to leave a comment.