दमौली १८ फागुन ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले बैक तथा वित्तिय क्षेत्र भित्रको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।बैक तथा वित्तिय क्षेत्र भित्रको अस्वस्थ अस्वस्थ प्रतिस्पर्धा अन्त्य नहुने हो भने मुलुकको अर्थतन्त्र धराशयी भएर जाने गर्भनर खतिवडाको भनाई रहेको छ । सो कुरा गर्भनर खतिवडाले आइतबार तनहुँको सदरमुकाम दमौली स्थित कास्की फाइनान्सको कार्यालय उद्घाटनका क्रममा बताएका हुन् ।

त्यस्तै गर्भनर खतिवडाले बदमासी गरेर वित्तिय संस्था डुबाउन खोज्नेहरुलाई उन्मुक्ति दिन नहुने समेत जोड दिएका थिए ।नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको बर्गीकरणमा समस्या रहेको समेत गर्भनर खतिवडाको भनाई रहेको थियो । समस्यालाई सुल्झाउन आफूले प्रयत्न गरेको भएपनि आफ्नो ५ बर्षे कार्यकालमा नसेकको स्वीकार खतिवडाले गरेका थिए ।

विगतमा बैक तथा वित्तिय संस्थाले घर जग्गा तथा सेयरमा बढी लगानी गर्दा मुलुक अर्थतन्त्र नराम्रो संग धराशयी हुन पुगेको हुँदा अब त्यस किसिमको गल्ती बैक तथा वित्तिय संस्थाहरुले दोहो¥याउन नहुने समेत गर्भनर खतिवडाको भनाई थियो । गर्भनर खतिवडाले साना विद्युत आयोजनामा बैक तथा वित्तिय संस्थाले लगानी गर्न जोड दिनुपर्ने समेत बताएका थिए ।

कास्की फाइनान्सका अध्यक्ष मदन शर्मा खनालको सभापतित्वमा भएको कार्यक्रममा कास्की फाइनान्सका संस्थापक कृष्ण आचार्य, फाइनान्सका कार्यकारी अधिकृत तोयानाथ अधिकारी, संस्थाकी संस्थापक सदस्य डम्बर कुमारी गुरुङ, फेवा फाइनान्सका रेशम थापा, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित लगायतले बोलेका थिए ।नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले बैक तथा वित्तिय क्षेत्र भित्रको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

बैक तथा वित्तिय क्षेत्र भित्रको अस्वस्थ अस्वस्थ प्रतिस्पर्धा अन्त्य नहुने हो भने मुलुकको अर्थतन्त्र धराशयी भएर जाने गर्भनर खतिवडाको भनाई रहेको छ । सो कुरा गर्भनर खतिवडाले आइतबार तनहुँको सदरमुकाम दमौली स्थित कास्की फाइनान्सको कार्यालय उद्घाटनका क्रममा बताएका हुन् । त्यस्तै गर्भनर खतिवडाले बदमासी गरेर वित्तिय संस्था डुबाउन खोज्नेहरुलाई उन्मुक्ति दिन नहुने समेत जोड दिएका थिए ।

नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको बर्गीकरणमा समस्या रहेको समेत गर्भनर खतिवडाको भनाई रहेको थियो । समस्यालाई सुल्झाउन आफूले प्रयत्न गरेको भएपनि आफ्नो ५ बर्षे कार्यकालमा नसेकको स्वीकार खतिवडाले गरेका थिए । विगतमा बैक तथा वित्तिय संस्थाले घर जग्गा तथा सेयरमा बढी लगानी गर्दा मुलुक अर्थतन्त्र नराम्रो संग धराशयी हुन पुगेको हुँदा अब त्यस किसिमको गल्ती बैक तथा वित्तिय संस्थाहरुले दोहो¥याउन नहुने समेत गर्भनर खतिवडाको भनाई थियो ।

गर्भनर खतिवडाले साना विद्युत आयोजनामा बैक तथा वित्तिय संस्थाले लगानी गर्न जोड दिनुपर्ने समेत बताएका थिए ।कास्की फाइनान्सका अध्यक्ष मदन शर्मा खनालको सभापतित्वमा भएको कार्यक्रममा कास्की फाइनान्सका संस्थापक कृष्ण आचार्य, फाइनान्सका कार्यकारी अधिकृत तोयानाथ अधिकारी, संस्थाकी संस्थापक सदस्य डम्बर कुमारी गुरुङ, फेवा फाइनान्सका रेशम थापा, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित लगायतले बोलेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment