20375786_1960242237525448_7387191160468658588_n
बर्सौँ पछि भेट भयो, बोल्नै सकिएन
कति थिए मनमा कुरा खोल्नै सकिएन

उन्कै लागि जवानी यो साँचिराख्दा पनि
उर्लिएको जवानी लाई घोल्नै सकिएन

मनले केके मागिरह्यो आँखा आँखा बोलिरह्यो
प्रेमको त्यो जरा सम्म छिचोल्नै सकिएन

समय को साथ थियो , तनमन सुम्पिएर
कस्को माया कति थियो मोल्नै सकिएन

भेट्दा के पो होला भन्दै कल्पनामा डुबेपनी
जस्तो थियौं उस्तै रहयौं बिथोल्नै सकिएन

नबिना खनाल गौतम
पोखरा लामाचौर

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment