काखको छोरो टाढियो , बुहारी आएपछी,
स्वर्ग जस्तो घर भाँडियो, बुहारी आएपछितिलको दाना फोरियो,मासको दाना घोटियो
पिंढिमा किला गाढियो, बुहारी आएपछी
स्वर्ग जस्तो घर भाँडियो, बुहारी आएपछितिलको दाना फोरियो,मासको दाना घोटियो
पिंढिमा किला गाढियो, बुहारी आएपछी
कति हराभरा हुन्थे, ती खेत अनि बारिहरु
खेल्ने मैदान झैँ फाँडियो, बुहारी आएपछि
पेवा भनी लगाको,आमाका कानका माडबारि
तान तुन गर्दै बाँडियो , बुहारी आएपछि
बल छौन्जेल हड्डी घोटियो यहि घरका लागि
बुढेसकालमा घरै छाडियो, बुहारी आएपछी
नबिना खनाल गौतम
पोखरा लामाचौर




0 Comments
You can be the first one to leave a comment.