दमौली १६ कार्तिक । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले संचालन गर्न लागेको रक्त संचार सेवा स्थापनाका लागि सहयोग समिति गठन गरिएको छ ।

रेडक्रस सोसाइटी तनहुँ शाखाका सभापति उदयराज गौलीको संयोजकत्वमा गठन गरिएको सो समितिमा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी ,जिल्ला विकास समिति तनहुँका प्रतिनिधी, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका मेडिकल सुपरिटेण्डेण्ट, उद्योग वाणिज्य संघ तनहुँका प्रतिनिधी, निजी अस्पताल एशोसियसनका अध्यक्ष चुडामणि दाहाल, एनजीओ नेटवर्क तनहुँकी प्रतिनिधी सुशिला शर्मा सदस्य रहेका छन् । त्यस्तै रेडक्रस तनहुँका मन्त्री कृष्णहरी वाग्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले दिएको जानकारी रक्त संचार केन्द्र स्थापनाका लागि भौतिक पूर्वाधार तथा आवश्यक औजार एवं सामाग्री खरिदका लागि १५ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने भएको छ ।

 

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment