दमौली २८ भदौ । मृत अवस्थामा भेटिएका पूर्णबहादुर आले र प्रहरीको गोली लागि मृत्यु भएका रोशन दुराको मृत्युको विषयलाई लिएर अराजक गतिविधिीमा संलग्न ९ जनालाई प्रहरीले मुद्धा दायार गरिएको छ ।

प्रहरी निरिक्षक भोजराज पाण्डेका अनुसार ४२ जनालाई नियन्त्रणमा लिइएकोमा छानविन गरि ९ जनालाई सार्वजनिक अपराध तथा सजाय ऐन अन्र्तगत मुद्धा दायार गरिएको छ । यसैबीच प्रहरी निरिक्षक पाण्डेले झडपका क्रममा आफू सहित झण्डै प्रहरी घाइते भएको समेत प्रहरी निरिक्षक पाण्डेले बताए ।

प्रहरी निरिक्षक पाण्डेका अनुसार झडपमा प्रहरीको एक सवारी साधान र राजमार्गमा रोकि राखिएका एक दर्जनभन्दा बढी सवारी साधान तोडफोड भएको छ ।त्यस्तै प्रहरी कार्यालयको झ्यालका सिसा तथा बजार क्षेत्रमा निजी घर समेत क्षति भएको छ । त्यसैगरी बजारको मुख्य चोकमा टेलिफोन बुथ र बजारको विभिन्न भागमा राखिएका सिसि क्यामेरा समेत आन्दोलनकारीहरुले तोडफोड गरेका छन् ।

आलेको अन्तिम दाहसंस्कार

यसैबीच गत सोमबार मृत अवस्थामा भेटिएका पूर्णबहादुर आलेको एकसातापछि अन्तिम दाहसंस्कार गरिएको छ ।

टिचिङ हस्पिटलमा शवको पोष्टमार्टमा गरिए सगै दमौली शव ल्याई अन्तिम दाहसंस्कार गरिएको हो ।

यता आलेको मृत्युको विषयलाई लिएर भएको झडपमा परी मृत्यु रोशन दुराको समेत अन्तिम दाहसंस्कार गरिएको छ ।

 

prahari ko  bigepti

मिति २०७२/०५/१९ गते देखि हराई वेपत्ता भएको जिल्ला तनहूँ ब्यास नगरपालिका बडा नं. ७ बस्ने बर्ष १६ को पुर्ण बहादुर आलेको ऐ. २१ गते ऐ. वडा नं. १ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसको परिसर भित्र झुण्डि मृत्यू भएको घटना सम्बन्धमा जिल्ला अस्पताल दमौलीबाट प्राप्त पोष्टमार्टम रिपोर्ट प्रति असहमती जनाउदै आएको पीडित पक्ष सहितको समुहले मिति २०७२/०५/२५, २६ र २७ गते दिउसो ऐ. वडा नं. १० स्थित पृथ्बीराजमार्ग सडक अबरोध गरी बजार तथा सवारी आवागमनमा समेत अबरोध गरी यस कार्यालय तथा प्रहरी कर्मचारीलाई समेत लक्षित गरेर ढुङ्गा, ईट्टा, सिसाका बोतल, गुलेली तथा पेट्रोल बम समेत प्रहार गर्ने, सार्बजनिक, निजि तथा सरकारी सवारी साधनहरु तोडफोड गर्ने, बजारको बिभिन्न भागमा राखिएको सि सि टि.भी. क्यामराहरु लगायतका भौतिक सम्पती तोडफोड गर्ने, बजारको बिभिन्न भागमा राखिएको सि सि टि.भी. क्यामराहरु लगायतका भौतिक सम्पती तोडफोड गर्ने तथा सडकमा टायर बाली असहज गतिबिधि गर्ने जस्ता उश्रृङखल कार्यहरु गरी शान्ति सुरक्षामा असर पुऱ्याउने प्रदर्शनकारीहरुलाई खोजतलास गदै जादा उच्छृङ्खल कार्यमा संलग्न ४२ जनालाई नियन्त्रणमा लिइएकोमा आवश्यक सोधपुछ तथा अनुसन्धान पश्चात निम्न स्थान वस्ने निम्न नामथर वतन भएका ९ जनालाई केहि सार्वजनिक अपराध ऐन २०२७ बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको, अन्य व्यक्तिहरुलाई अभिभावकको जिम्मा लगाई पठाइएको ।

निम्न :-

१. जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष १८ को सन्दिप बि.क.
२. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. ५ बस्ने बर्ष १८ को प्रकाश बि.क.
३. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष १६ को ईश्वर क्षेत्री
४. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. १२ बस्ने बर्ष १८ को सुमन परियार
५. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष १६ को सन्दिप छिनाल
६. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष ५४ को जगत राना
७. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. २ बस्ने बर्ष १७ को कैलास कार्की
८. जिल्ला तनहूँ ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष १६ को बिर्ख सिंह आले
९. जिल्ला तनहूँ भिरकोट गा.बि.स. वडा नं. ६ बस्ने बर्ष १८ को श्रीराम रानाभाट

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment