दमौली ३ असार । ऋषिङ गाउँपालिका वडा नं १ काँहुशिवपुर स्थित सेतीनदी किनारमा मंगलबार दिउँसो एक महिलाको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत अवस्थामा फेला परेको शव २० ⁄२२बर्षकी मंगोलियन अनुहार भएको महिला रहेको छ । यसैबीच सो घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षक विजयराज पण्डितको नेतृत्वमा प्रहरीको एक टोली घटना स्थल तर्फ गएको थियो ।
सो घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी तनहुँको आँबुखैरैनी गाउँपालिका वडा नं २ मार्किचोकमा ग १३ प ६५७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बस्ने पालुङटार नगरपालिका वडा नं ९ रातोमाटटेका २५ बर्षिया सुनिता तामाङ घाइते भएकी प्रहरीले जनाएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भएपछि थप उपचारका लागि पोखरा लगिएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment