दमौली १८ असार । घरको धारामा खानेपानी नआएपछि व्यास २ मालपोत लाइन स्थित सिद्धिविनायक टोलका स्थानीय वासिन्दाहरुले रित्तो गाग्री सहित आइतबार दमौलीमा जुलुस निकालेका छन् ।
रित्तो गाग्री हातमा लिएर निस्केका स्थानीय वासिन्दाहरुले मालपोत लाइन र सफासडक परिक्रमा गरेर विरोध जनाएका थिए ।लामो समय देखि धारामा पानी नआएको विषय दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि विरोध स्वरुप रित्तो गाग्री सहितको जुलुस निकाल्नु परेको स्थानीयहरुको भनाई रहेको छ ।
यसैबीच विरोधमा उत्रिएका स्थानीय वासिन्दा दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी समेत गरिदिएका छन् ।






0 Comments
You can be the first one to leave a comment.