दमौली ११ कार्तिक । तनहुँ क्षेत्र नं ३ बाट संसदमा प्रतिनिधित्व गरेका एमाले सांसद टुकराज सिग्देललाई मन्त्री बन्न नदिन जिल्ला भित्रबाटै असहयोग भएको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार सिग्देललाई मन्त्री बन्न नदिनका लागि जिल्ला भित्रका प्रभावशाली एमाले नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली समक्ष लबिङग गरिरहेका छन् । जसले गर्दा सिग्देललाई मन्त्री बन्न अवरोध सिर्जना हुन पुगेको छ ।त्यस्तै अन्यत्र जिल्लाबाट जिल्ला नेतृत्व सहितको टोली आफ्ना सभासदहरुलाई मन्त्री बनाउनका लागि दबाब दिन काठमाण्डौ जानेक्रम जारी रहेपनि तनहुँबाट भने सो कार्य समेत नभएको बुझिन आएको छ ।
सिग्देललाई एमाले भित्र मन्त्री बन्ने नेताको रुपमा हेरिदै आएको छ ।



0 Comments
You can be the first one to leave a comment.