घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानद्धारा संचालित सिप पिकास तालिम समुदायमा आयआर्जन गर्न निकै प्रभाबकारी बनेकाछन् । कार्यालयले समुदायको मागका आधारमा तालिमहरु संचालन गरेका कारण तालिम प्रभाबकारी वन्दै गएका हुन् ।
होटल व्यवस्थापन,क्रिष्टल गहना, फेव्रिक माला, एड्भान्स व्युटिपार्लर, सिलाई कटाई तालिम निकै प्रभाबकारी बनेका घरेलु कार्यालयको तथ्यांले देखाएको छ । यस्ता तालिम लिएका महिलाहरु आत्मनिर्भर तर्फ उन्मुख भएका छन्, त्यसैले तालिमको माग दिन प्रतिदिन बढ्दै गएको घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले बताउनुभयो । सल्यान जिल्लाका १० स्थानिय तहमा समुदायको माग अनुसार स्थानिय सरकारसँग सहकार्य गर्दै सिपविकास तालिम संचालन गर्ने छौ ,प्रत्येक तालिम १० जनालाई दिने लक्ष्य कार्यालयको भएपनि १२ देखी १८ जनालाई दिईदै आएका छौ वरिष्ठ उद्योग अधिकृत न्यौपानेले भन्नुभयो ।
सिप विकाश तालिमका माध्यमवाट महिलाहरु मात्र आत्मनिर्भर भएका छैनन् पूरुषले पनि त्यसको फाईदा लिदै आएकाछन् । तालिमले सिप नहुनेका लागि सिप मात्र दिएको छैन उनिहरुको जिवनमा ठुलै परिवर्तन गरिदिएको छ । होटल व्यवस्थापन सम्वन्धि कुकिग तालिम पाएपछी धुव्र राज भन्डारी खुसी हुनुभएको छ । आफनै घर आगमनमा घरेलु तथा साना उद्योग विकास समिति सल्यानले निःशुल्क रुपमा तालिम दिएपछि उहाँ खुसी हुनुभएको हो । तालिमको अभावमा होटल संचालन गर्दै आएको भएपनि यस तालिम पश्चात व्यवसाय संचालनका लागि निकै प्रभाबकारी भएको र सिप हुँदा र नहुदा व्यवसाय संचालनमा फरक पन आफुले पाएको उहाँको अनुभव छ । होटल व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका भण्डारीले भन्नुभयो,अव सल्यानको श्रीनगरमा संचालन हुने अधिकांस होटलले आन्तरीक तथा वाह्र पर्यटकको माग अनुसार सोवा गर्न तालिम पश्चात सक्षम भएकाछन् ।
विगतमा घरेलु कार्यालयवाट आधारभुत सिप सिकेर व्यवसाय संचालन गर्दै आएकालाई एड्भान्स व्युटिपार्लर तालिम पश्चात व्यवसायमा ठुलै सुधार आएको छ । एड्भान्स तालिम सिकेपछी आफुले सहज रुपमा आम्दानी गर्न सक्ने र ग्राहकको मागलाई पुरा गर्ने बताउनुहुन्छ प्रशिक्षार्थी हिराश्रेष्ठ । एडभान्स व्युटि पार्लर तालिम पाएपछि खंलगामा सचालन गरेको व्यवसायमा सुधार हुने अपेक्षा उहाँको छ । प्रशिक्षक राम्रो भएकाले सहज रुपमा तालिम सिक्यौै,त्यसले गर्दा आगमी दिनमा व्यवसाय संचालनका लागि सहज वन्ने छ प्रशिक्षार्थी हिरा बताउनुहुन्छ । यस्तो वातावरण कार्यालयले बनाएको हो त्यसैले घरेलु कार्यालयले मेरो मात्र होईन म जस्ता अन्य दिदिवहीनिलाई सिप सिकाएर जिवनमा ठुलै परिवर्तन गरिदिएको छ । वेसीक तालिम लिएर मात्र व्यवसाय गर्दा र एड्भान्स तालिम पश्चात व्यवसाय गर्दा धेरै फरक हुदो रहेछ हिराले भन्नुभयो ।
एड्भान्स व्युटिपार्लर तालिममा थे्रडिग सेफ,जुरो, विभिन्न स्टाईलका कटिग, विभिन्न तरिकाका फेसीयल, कपाल स्टेट, पम्प, विभिन्न प्रकारका मेकप, विभिन्न कपालमा राख्ने कलर, नेलआर्ट, हेयर ईस्टेशन लगायतका विषयहरु सिकाएको प्रशिक्षक सुनिता रानामगर बताउनुहुन्छ । प्रशिक्षार्थीलाई एक महिनामा तिन महिनाको कोष सिकाएको छु,त्यसैले यस तालिममा सहभागिले आगमी दिनमा व्यवसाय गर्न सक्षम भएका छन् प्रशिक्षक रानामगर बताउनुहुन्छ । प्रक्षिक्षार्थीलाई प्रयोगात्मक कक्षासँगै सैद्धान्तिक ज्ञान दिएकाले पनि उनिहरुलाई आगमी दिनमा व्यवसायमा कुनै समस्या नहुने रानाको भनाई छ ।
शारदा नगर पालिका कार्यपालिका सदस्य पुष्पा नेपालि यतिवेला घरेलु तथा साना उद्योग विकास समितिवाट एड्भान्स तालिम पाएपछि आफनो जिवनमा ठुलो परिवर्तन भएको बताउनुहुन्छ । मलाई तालिमको धेरै आवश्यकता थियो, अव तालिम पाएको छु, यसलाई व्यवहारमा प्रयोग गर्दै आम्दानी गर्ने तर्फ लाग्ने छु । म मात्र होईन समाजमा रहेका दिदि बहीनिलाई अवसर पाएमा सिप सिकाउने छु कार्यपालिका सदस्य नेपालीले भन्नुभयो । सल्यानको साहुँटोलमा पसल संचालन गर्दै आएको भएपनि पुर्ण रुपमा दक्ष नहुदा समस्या भएको थियो तर, घरेलुले दिएको तालिमवाट धेरै परिवर्तन पाएको छु प्रशिक्षार्थी पुष्पा नेपालीको भनाई छ ।
कमला डाँगीले श्रीनगरमा व्युटि पार्लर संचालन गर्दै आउनु भएको छ । काठमाडौंमा तालिम सिकेको भएपनि तत्काल व्यवसाय संचालनका लागि सिकेको सिपलाई व्यवहारमा प्रयोग नगर्दा विर्सेको थिया,अहीले व्यवसाय नै शुरु गरेको समयमा यसलाई लागुु गरेर मनग्ये आम्दानी गर्ने छु कमलाले भन्नुभयो । घरेलु कार्यालयवाटै क्रिष्टलको गहना र फेव्रिक माला बनाउने तालिम लिनुभएकी कमला यतिवेला सल्यान जिल्लामा उदारणीय महिला बनेर काम गर्ने र सिप सिक्दा सहज रुपमा आम्दानी गर्न सकिने अन्य दिदिबहीनीलाई जानकारी दिने अभियानमा हुनुहुन्छ ।
आफुले सिकेको सिपलाई आफुमा मात्र सिमित नराखी अन्य दिदि वहीनिलाई पनि सिकाउदै आयआर्जनमा लगाउने र व्यवसायलाईअगाडी बढाउने छु प्रशिक्षार्थी वन्दना सिंह बताउनुहुन्छ । घरेलु कार्यालयवाट हामिलाई सिप सिकाउन काठमाडौंवाट आउनु भएका प्रशिक्षक सुनिता राना मगर जस्ता प्रशिक्षकले सिप सिकाएका कारण व्यवसायलाई अगाडी बढाउन सक्छु प्रशिक्षार्थी सिंहको भनाई छ । घरेलु कार्यालयले सिप सिक्न चाहने महिलालाई सिप दिएर जिवनमा धेरै परिवर्तन गरेको र निजिमा भन्दा सरकारीमा सिक्दा धेरै प्रभाबकारी हुने प्रशिक्षार्थी वन्दनाको भनाई छ ।
आम्दानीहुने काम गर्नतर्फ लाग्दा आफनो जिवनमा मात्र धेरै सुधार नआई परिवार नै वलियो हुने तालिमका प्रशिक्षार्थीको भनाई छ । शारदा नगर पालिका ६ सल्यानकी मुना बुढाथोकीले ५० हजारको लगानीमा शुरु गरेको मुना व्युटि पार्लर तालिमवाट मनग्ये आम्दानी गर्दै आउनु भएको छ । आर्थिक अवस्था कमजोर हुँदा चाहेर पनि सिप सिक्न सकेको थिईन तर घरेलुले दिएको तालिमले मेरो जिवनमा धेरै परिवर्तन गरेको बताउनुहुन्छ यतिवेला मुना बढाथोकि ।
हाम्रा धेरै दिदि बहीनिहरु गाउँ गाउँमा अझै पनि वेरोजगार हुनु भएको अवस्थामा घरेलु तथा साना उद्योग विकास समितिद्धारा सल्यान जिल्लामा संचालनमा आएका तालिमहरु निकै प्रभाबकारी भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपाने । शानपामा संचालन भएको एड्भान्स व्युटिपार्लर तालिमले प्रशिक्षार्थीलाई व्यवसाय संचालनमा उत्प्रेरणा जगाएको बताउनुहुन्छ वरिष्ठ उद्योग अधिकृत न्यौपाने । सिकेको सिपलाई व्यवसायमा वदल्दा स्वदेशमै सुन फलाउन अर्थात राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको छ । उद्यमीमा सृजनशिलता, लगनशिलता र धैयता हुँदा व्यवसाय अगाडी बढ्ने बताउदै वरिष्ठ उद्योग अधिकृत न्यौपानेले भन्नुभयो,कार्यालयले निःशुल्कसिप मात्र दिदैन आवश्यकता पहिचाहन गरी ६० देखी ८० प्रतिशत अनुदानमा उपयुक्त प्रविधि समेत हस्तान्तरण गर्ने गर्दछ ।
घरेलु तथा साना उद्योग विकास समितिवाट एड्भान्स व्युटि पार्लर तालिमका लागि छनौट भएका प्रशिक्षार्थीहरु निकै मेहनेती र अधिकांम्सको व्यवसाय भएकाले सिप सिकाउन सहज भएको एड्भान्स व्युटिपार्लर तालिमकी प्रशिक्षक सुनिता रानामगर बताउनुहुन्छ । महिलाले पनि केही गर्न सक्दैनन् भन्ने हाम्रो समाजमा जुन बुझाई छ त्यसको अन्त्य गर्न सिप सिक्दा सजिलैसँग आम्दानी गर्दै आयआर्जनमा जुटने र आत्मनिर्भर वन्न सकिन्छ प्रशिक्षक रानामगर बताउनुहुन्छ । व्युटिसियन व्यवसायवाट राम्रो आम्दनी गर्न सकिने भएकाले आफुसँग भएको सिपलाई सल्यानमा प्रयोग गर्ने अवसर दिनुभएकोमा घरेलु कार्यालयका प्रमुख प्रदीप न्यौपानेलाई धन्यवाद दिदै सिकेको सिपलाई व्यवहारमा लागु गरेर आम्दानी गर्न प्रशिक्षार्थीलाई प्रशिक्षक रानाले आग्रह गर्नुभएको छ ।
क्रिष्टलको झोला बनाउने ईच्छा कमला डाँगिमा थियो । क्रिष्टल सम्वन्धि माला, औठी, लगायतका सामान निर्माण गर्न जानेपनि झोला निर्माण गर्न नसक्दा कमला निरास बन्नुभएको थियो । तर, घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानले क्र्रिष्टलको झोला र थप अन्य सामान निर्माण गर्न तालिम दिएपछि यतिवेला कमला खुःसी मात्र हुनुभएको छैन सिकेको सिपलाई तत्काल प्रयोग गर्दा अव सहज रुपमा आम्दानी गर्ने अठोट लिनुभएको छ । कमलाले आफुले सिकेको सिपलाई आम्दानीमा लैजाने र सल्यान जिल्लामा सफल प्रशिक्षक वन्ने अठोट गर्दै उत्पादीत सामानको बजार राम्रो रहेको बताउनुहुन्छ ।
फे्रविकको माला र क्रिष्टलका सामान निर्माण गर्न सिकेपछि गंगा हमाल पनि निकै खुसी हुनुभएको छ । जागृती महीला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेकी हमालले आफुले सिकेको सिपलाई आफुमा मात्र सिमित नराखी अन्य दिदि वहीनिलाई पनि सिकाउदै आयआर्जनमा लगाउदै आएको बताउनुभएको छ । म एक महीला पनि हुँ,सहकारीको अध्यक्ष पनि भएकाले आफुले सिकेको सिपलाई सहकारी र अन्य जिल्लाका दिदि बहीनिलाई सिकाएर आयआर्जन गर्न तर्फ उत्प्रेरणा जगाउने छु गंगाले भन्नुभयो ।
घरमा फुर्सदको समयमा सहज रुपमा क्रिष्टलको गहना तथा फ्रेविकको माला बनाउन सकिने रहेछ त्यसैले अव यसलाई व्यवसायीक रुपमा अगाडी बढाउने बताउछिन् सुनिता नेपाली । विद्यालय तहको शिक्षा पनि लिन नसकेकी नेपालीलाई यतिवेला घरेलु कार्यालय सल्यानले दिएको सिपविकाश तालिम आयआर्जनका लागि गतिलो आम्दानीको स्रोत बन्दै आएको छ ।
शारदा नगर पालिका र घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानको संयुक्त आयोजनामा सम्पन भएको यस तालिम अवधिमै प्रशिक्षार्थीहरुले उत्पादन गरेका सामानले सहज रुपमा बजार पाईसकेका छन् । प्रशिक्षक कमला सुवेदिले उत्पादीत सामानले बजार पाउने भएपछि क्रिष्टल र फ्रेव्रिकका कच्चा पदाथको माग बढेको बताउनुभयो । अन्य सामानका तुलनामा क्रिष्टलका सामान महंगो हुने र उत्पादन भएपछि सहज रुपमा बजार लिदै आएको क्रिष्टल गहना प्रशिक्षक कमला सुवेदी ।
कम लगानी र फुर्सदको समयमा उत्पादन गर्न सकिने फेव्रिकको माला र क्रिष्टलको गहना उत्पादन गर्दा मनग्ये आम्दानी गर्न सकिने बताउनुहुन्छ शारदा नगर पालिकाका प्रमुख शुरेस अधिकारी । उद्यमीले उत्पादन गरेका सामानले सहज रुपमा बजार लिने र यदी बजार नपाएमा त्यसको व्यवस्थापन तथा बजारका लागि वातावरण सृजना गर्ने छु नगर प्रमुख अधिकारीले भन्नुभयो । तपाईहरु उत्पादन गर्नुस, म बजार खोच्छु अव ढीलो नगरी उत्पादन गर्ने तर्फ लाग्न उहाँले उद्यमी महिलालाई प्रोत्साहन मात्र गर्नुभएन उद्योग दर्ता गरेर अन्य दिदि बहीनिलाई पनि आयआर्जन तथा स्वावलम्वी वन्न उत्प्रेरणा जगाउनुहोस,अनि मात्र सल्यान समृद्ध बन्न सक्छ ।
घरेलु कार्यालयले उद्योग गर्न चाहने र सिप सिक्ने व्याक्तिलाई आवश्यक सहयोग तथा परामर्श दिदै आएको छ । जिल्लामा चालु आर्थिक वर्षमा उद्यमी विकास कार्यक्रम, उद्योग प्रवद्र्धन कार्यक्रम, भगत सर्वजित सिप विकास कार्यक्रम, गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, प्रविधि हस्तान्तरण जस्ता विभिन्न कार्यक्रम संचालन गरेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले बताउनुभयो । जिल्लाका १० स्थानिय तहमा ४ सय ६० उद्यमी निर्माण गर्ने र ४० जनालाई उपयुक्त प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम चालु आर्थिक वर्षमा रहेकाले सिप सिकेका व्यक्तिहरुलाई यसको लाभ लिन न्यौपानेले आग्रह गर्नुभयो । परनिर्भर हुने होईन सिकेको सिपलाई व्यवहारमा लागु गर्दा मनग्ये आम्दानी गर्न सकिने र उद्यमी बनेर आत्मनिर्भर बन्ने कार्यमा लाग्दै घरेलु कार्यालयले दिएको सिप विकाश तालिमवाट धेरैको जिवनमा परिवर्त भएको वरिष्ठ उद्योग अधिकृत न्यौपाने बताउनुहुन्छ ।
सल्यान जिल्लामा घरेलु तथा साना उद्योग ३ हजार ४ सय ९ दर्ता भएका छन् । तथ्यांक अनुसार, १ हजार ६ सय ८९ उद्योग प्रसाशन दर्तामा छन् भने वाणिज्य प्रसाशन तर्फ १ हजार ८ सय २० उद्योग दर्ता भएकाछन् । जिल्लामा दर्ता भएका उद्योगको पुँजि क्षमता ५० हजारदेखी २० लाख रुपयाँ सम्मको छ । कार्यालयको यस तथ्यांकले पनि सल्यान जिल्लामा उद्यमी वन्ने र आयआर्जन गर्नेको संख्या दिन प्रतिदिन बढ्दो छ ।




0 Comments
You can be the first one to leave a comment.