
दमौली २ चैत । कमलवारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका शिक्षक एवं ट्रेड युनियन काग्रेस तनहुँका पूर्व सचिव प्रताप अधिकारीको दुवै मृगौला फेल भएको छ ।
दुवै मृगौला फेल भएका अधिकारीको मृगौला प्रत्यारोपण केन्द्र वनस्थली र टिचिङ हस्पिटल महाराजगञ्जमा उपचार भईरहेको छ । यसैबीच शिक्षक तनहुँका अध्यक्ष कमलभक्त पोखरेलले फेसबुक स्टाटयस मार्फत अधिकारीको उपचारमा सहयोगका लागि शुभेच्छुक, विद्यालय ,शिक्षक संघ संगठन तथा महासंघ संग अपिल गरेका छन् । अध्यक्ष पोखरेलले सहयोग दाताहरुले माछापुच्छ«े बैकको खाता नम्बर 1236524182615017 मा रकम जम्मा गर्न सकिने जनाएका छन् ।



0 Comments
You can be the first one to leave a comment.