19748342_1921155008107650_7837555472158293974_n
दमौली २५ असार ।
यसबर्षको टिकानीधि ढुङगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष एवं एभिन्यूज तनहुँका सम्वाददाता डम्वर अधिकारीलाई प्रदान गरिएको छ ।
आइतबार दमौलीमा आयोजित एक कार्यक्रममा अधिकारीलाई सो पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी सांसद धुव्र वाग्ले ,सांसद रामचन्द्र पोखरेल र व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले सयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी १० हजार रहेको छ ।
तनहुँको सदरमुकाम दमौलीबाट विगत डेढ दशक देखि पत्रकारिता गर्दे आएका अधिकारीले पत्रकारिता मार्फत व्यास जन्मभूमि दमौलीको प्रचार प्रसार गरे वापत उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार अधिकारीले व्यास जन्मभूमि दमौलीलाई विश्व माँझ चिनाउने क्रममा व्यास वाज बर्न इन दमौली अभियान लिएर वेलायत सम्म पुगेका थिए भने भारत ,चीन , कतार , कंगो र युगाण्डा भ्रमणका क्रममा व्यासको विषयमा समेत प्रचार प्रसार गरेका थिए ।त्यस्तै काठमाण्डौ ,पोखरा र दमौलीमा व्यास सम्बन्धी फोटो प्रर्दशनी गरेको थिए ।
टिकानीधि ढुङगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार व्यास ४ निवासी भाग्यशाली ढुङगानाले आफ्नो बाबुको स्मृतीमा १ लाखको अक्षयकोष राखी स्थापना गरेका हुन् ।उक्त हरेक बर्ष व्यास अवतरण दिवसका अवसरमा तनहुँ जिल्लामा कार्यरत मध्ये एक जना पत्रकारलाई प्रदान गरिनेछ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment