
डम्बर अधिकारी
अनन्तः मंगलबार मध्यरातमा एमालले वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार टुङगो लगाएको छ । जसअनुसार वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छन् । भण्डारी दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा राष्ट्रपतिको आंकाक्ष राख्दै आएका एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनाल भने रिङग आउट हुन पुगेका छन् । भण्डारी सन् २०१५ अक्टोबर २९मा दोस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएकी थिइन् । त्यतिमात्र होइन नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य समेत भण्डारीले पाएको अवस्था छ । जुन विषय आधा धर्ति ओगटेका नेपाली नारीहरुका लागि गौरव गर्न मिल्ने विषय समेत बन्न पुगेको छ । संविधान त राष्ट्रपतिको समयावधि ५ बर्षको रहेको हुन्छ ।तर पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधान सम्पन्न गरी राष्ट्रपतिको निर्वाचन हुँदा भण्डारी ५ बर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसरबाट बञ्चित हुन पुगिन् । सायद, भण्डारीले दोस्रो पटक राष्ट्रपति बन्ने इच्छा जाहेर गर्नुको प्रमुख कारण पनि त्यहि हुनु पर्दछ । भण्डारीको इच्छा बमोजिम नै एमालेले भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । र वाम गठबन्धनको स्पष्ट वहुमत भएको वर्तमान अवस्थामा भण्डारीलाई दोस्रो पटक राष्ट्रपति कुनै समस्या आइपर्ने छैन ।
भण्डारी दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा एमाले भित्र निकै रस्साकस्सी भएको अवस्था थियो । जुन पदका लागि पार्टीका पूर्व अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत दावेदारी गर्दे आएका थिए ।यहाँसम्मकि निर्वाचनको मैदान होमिनु अगाडि देखि मंगलबार राती मध्यरात सम्म खनालले आफ्नो दाबेदारी प्रस्तुत गर्दे आईरहेका थिए । तर अन्तिममा बाजी मारिन् वर्तमान राष्ट्रपति भण्डारीले । राजनीतिक पृष्ठभूमि हेर्ने हो भने भण्डारी पनि तत्कालिन एमालेका सचिव मदन भण्डारीकी श्रीमती हुन् ।भण्डारीको रहस्यमय ढंगले मृत्यु भएसगै वर्तमान राष्ट्रपति राजनीतिमा होमिन् । राजधानीमा होमिए सगै सांसद ,मन्त्री हुँदै राष्ट्रपति बन्न सफल भइन् ।त्यतिमात्र होइन पार्टीको राजनीतिमा समेत भण्डारीले एक पछि अर्को सफलता हात पार्दे गईन । त्यसरी सफलता हात पार्दे जानेक्रममा एमाले पार्टीको उपाध्यक्ष समेत बन्न सफल भइ्न ।त्यसकै बलमा भण्डारी राष्ट्रपति बन्न सफल भईन् । साच्चै भन्नुपर्दा छोटो अवधिमा राजनीतिक सफलता हात पार्ने नेताहरुको सूचीमा भण्डारी पनि पर्दछिन् । यसलाई भण्डारीको राजनीतिक जीवनको ठूलो सफलता मान्नुपर्दछ ।
भण्डारी पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा मदन भण्डारीले नेपाली राजनीतिमा पुरयाएको योगदान र महिला भएर पनि राष्ट्रको उच्च पदमा पुग्न सफल भएकोमा भण्डारी प्रति सहानुभूति राख्नेहरुको भीड ठूलो थियो । तर दोस्रो कार्यकालका लागि भण्डारीले उम्मेदवारी दर्ता गर्दे गर्दा एमाले पार्टी र आम सर्वसाधारणले भने भण्डारीले दोस्रो कार्यकालका लागि किन मरिहत्ते गर्नुपर्दथ्यो भनेर प्रश्न गरिरहेको अवस्था छ । यो स्वभाविक विषय पनि हो ।किनकि एमालेको अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालि सकेका खनाल जस्ता व्यक्तिले इच्छा जाहेर गरेको अवस्थामा खलाई उक्त अवसरबाट बञ्चित गराइनु सरासर अन्यायपूर्ण निर्णय हो । विगतको राजनीतिलाई एकपटक फर्केर हो भने खनालले नेपाल कम्युनिष्ट मालेको महासचिवको जिम्मेवारी सम्हाल्दाको अवस्थामा वर्तमान राष्ट्रपति कम्युनिष्ट पार्टीको साधारण सदस्य मात्र रहेकी थिइन् । जुन नेताको अगुवाईमा कम्युनिष्ट गठबन्धनले नेपाली राजनीतिमा आजको उचाई हासिल गरेको छ । तिनै व्यक्तिलाई राष्ट्रपति बन्नबाट बञ्चित गराईएको छ ।यसरी खनाललाई राष्ट्रपति बन्नबाट बञ्चित गराईदै गर्दा भविष्यमा एमालेलाई खनालको आँशुले पोल्ने निश्चित छ । किनकि अहिले पार्टीको बागडोर सम्हालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले खनाल र अर्का वरिष्ठ नेता माधव नेपाललाई जुन हिसाबले पेलेका छन् ।त्यो एकदिन विस्फोट हुने निश्चित छ ।यसरी विस्फोट हुँदै गर्दा एकीकरण तरखरमा रहेको माओवादी केन्द्र समेतले ठूलो क्षति बेर्होनुपर्ने निश्चित देखिन्छ ।
राष्ट्रपतिको भूमिका माथि नै प्रश्न चिन्ह
यसैबीच राष्ट्रपति भण्डारीले पहिलो कार्यकालको जिम्मेवारी सम्हाल्दै गर्दा उनी विवाद रहित हुन सकिनन् ।किनकि शीतल निवासमा बसेपनि उनले एमाले अध्यक्ष केपी ओलीको गुटलाई सर्मथन गर्दे आएको छर्लङग नै छ ।यहाँसम्मकि उनले पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभाका लागि सिफारिस गरिएका तीन जनाको नाम मनोनित नगरी ओली नेृतत्वको सरकारले सिफारिस गरेका व्यक्तिलाई मनोनित गरिन् । जुन विषयलाई अहिले अदालतमा रिट परेको अवस्था छ ।त्यस्तै देउवा नेतृत्वको सरकारको राजीनामा स्वीकृत नहुँदै ओलीले प्रधानमन्त्री शीतल निवासमा रेड कार्पेट ओछ्याउने काम समेत भण्डारीले गरिन् । जुन काम हेर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै देखिन्छ ।त्यतिमात्र होइन दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार नबनाए पुनः एमालेको राजनीतिमा फर्किने चेतावनी समेत भण्डारी दिएको चर्चा परिचर्चा एमाले वृतमा यतिखेर चलिरहेको छ । राष्ट्रपति जस्तो पदमा बसेको व्यक्तिले पुनः पार्टीको राजनीतिमा फर्किने चेतावनी दिनु कहाँसम्मको लज्जाजनक विषय हो ।यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।



0 Comments
You can be the first one to leave a comment.