19397104_1764877477135884_4118810186690939005_n
डुम्रे २० असार । बन्दीपुर गाउँपालिका वडा नं २ र ३ को भेला मंगलबार हुँदैछ ।गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए अनुसार वडा नं २ को वडा भेला थारुबास र वडा नं ३ को वडा भेला युवा मा.वि. शेराटारमा हुँदैछ ।
त्यसैगरी वडा नं ५ र ६ को वडा भेला भोली हुँदैछ । गाउँपालिका अध्यक्ष थापाका अनुसार वडा नं ५ को वडा भेला बाहुन भञ्ज्याङग र वडा नं ६ को वडा भेला धरमपानीमा हुने भएको छ ।
त्यस्तै गाउँपालिकाको परिषदको तयारी समेत भईरहेको गाउँपालिका अध्यक्ष थापाले बताए । थापाका अनुसार गाउँपालिकाको परिषदमा गृहमन्त्री जनार्दन शर्मालाई प्रमुख अतिथी बनाउने तयारी भईरहेको छ । केही दिन भित्रनै मिति समेत तय गरिने अध्यक्ष थापाले बताए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment