दमौली २२ असार । म्याग्दे गाउँपालिका वडा नं २ स्थित रिमाले कुवाँमा बिहिबार साँझ रुखले किचेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ३४ बर्षिय श्रीमायाँ श्रेष्ठ रहेकी छन् । स्थानीय कुवाँमा पानी लिन जाँदा रुखले किचेर श्रेष्ठको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।



0 Comments
You can be the first one to leave a comment.