दमौली ८ कार्तिक । व्यास ११ स्थित मादी नदीको रहमा डुबेर आज दिउँसो  दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मृत्यु हुनेमा वनेपा ४ काभ्रेका अन्दाजी २२⁄२३ बर्षका सुर्दशन सापकोटा र सरोज भुजेल रहेका छन् । पाँचजनाको समूहमा पोखरा घुम्न आएका उनीहरुको टोली दिउँसो दुई बजे मादी नदीमा पौडी खेल्न गएका थिए ।पौडी खेल्ने क्रममा सापकोटा र भुजेल रहमा डुबेका थिए ।मृतक दुवै जनको शव फेला परेको प्रहरी जनाएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment