30531135_1996365313947412_3670370590352474112_n
मध्यनेपाल २ जेठ । मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले नगरक्षेत्र भित्र योजना बनाउनका लागि नगरबासीसंग सुझाव मागेका छन् ।

नगरप्रमुख पाण्डेले सामाजिक सञ्जाल मार्फत नगरबासीसंग यस किसिमको सुझाव मागेका हुन् । यद्यपी योजना निर्माण गर्नु अगाडि नगरपालिका नगरका प्रत्येक वडामा पुगेर सुझाव संकलन गरिने समेत बताएका छन् ।
नगर प्रत्येक वडामा आयोजना गरिने कार्यक्रममा कतिपय नगरबासी पुग्न नसक्ने हुँदा आफूले सामाजिक सञ्जाल मार्फत नै सुझाव मागेको नगरप्रमुख पाण्डेको भनाई रहेको छ ।यसैबीच नगर प्रमुख पाण्डे नगर प्रमुखको जिम्मेवारी सम्हालेको एक बर्षको अवधिमा नगरपालिकाको १० वटालाई नै सडक सञ्जालले जोड्नुका साथै वसपार्क र रंगशाला निर्माणका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

त्यसैगरी जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गर्ने कार्य गरेको समेत नगर प्रमुख पाण्डेले बताए । त्यस्तै धार्मिक गुरुयोजना निर्माण देखि एक घर एक रोजगार र नगर पर्यटकीय सम्भावना बोकेको स्थानमा होमस्टे सञ्चालनका कार्यक्रम समेत अगाडि बढाइएको नगर प्रमुख पाण्डेले बताए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment