दमौली १३ फागुन । सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नं ७ कि सुकुरानी तामाङगलाई भाग्यले पटक पटक ठगिरहेको छ । पहिला भूईचालोले घर भत्कायो ,त्यसपछि ७ बर्षिय विन्दास बिरामी परे अनि छोरो बिरामी भए लगत्तै श्रीमान् वेपत्ता भए ।
तैपनि सकुरानी जीवन देखि हार खाएकी छैनन् ।बिरामी छोराको उपचार गराएर निको पार्न अठोटका साथ सर्घष गरिरहेकी छन् । राजधानी स्थित टिचिङ हस्पिटलमा छोरालाई भर्ना गराएर सुकुरानी सहयोग जुटाउन विभिन्न स्थानमा भौतारिदै हिडेकी छन् ।यसरी भौतारिदै हिड्नेक्रममा आइतबार सुकरानी तनहुँको सदरमुकाम दमौली आइपुगेकी थिइन् । दमौली आइपुगेकी सुकुरानी सास भइञ्जेल आश हुँदो रहेछ छोरालाई बचाउन सकिन्छ कि भनेर हात थाप्दै हिडेको बताउँछिन् । राम्रो अस्पतालमा लगेर उपचार गरे निको हुने डाक्टर बताएका छन् ।त्यही आशले सहयोग जुटाउँदै हिडेको छु सुकरानीले भनिन् । छोराको सुरुमा फियोको समस्या देखिएकोमा अहिले अन्य समस्याहरु समेत थपिएको सुकुरानी बताउँछिन् ।उपचार खर्च नहुँदा सुरुमा अस्पतालले भर्ना लिनै नमानेको र पूर्वमन्त्री मोहनबहादुर बस्नेत स्वयं अस्पतालमा उपस्थित भएर भर्ना गर्नुपरेको सुकुरानी भनाई रहेको छ । भर्ना गर्नका साथै उपचारका लागि २० हजार रुपैयाँ समेत पूर्वमन्त्री बस्नेतले सहयोग गरेका कारण आफूलाई केही राहत मिलेको सुकुरानीले बताइन् । पूर्वमन्त्रीका अलावा अन्य संघसंस्था समेत केही सहयोग गरेकाले उपचारमा केही राहत मिलेपनि थप खर्च जुटाउन नसक्दा झन चिन्ता थपिन थालेको सुकुरानीले बताइन् ।
तीन सन्तानकी आमा सुकुरानी जेठी छोरीले भागी विवाह गरेर घर जम गरेको र कान्छी छोरी भाईलाई अस्पतालमा कुर्दे बस्नु परेकोले उसको पढाईमा समेत समस्या परेको बताउँछिन् । छोराको उपचारका लागि भएभरको जायजेथा सकेको समेत सुकुरानी बताउँछिन् । छोराको उपचारका लागि सहयोग जुटाउँदै हिड्दा आफूले कहिले काही निकै नमिठा क्षणहरु समेत बेर्होनु परेको बताउँछिन् ।तैपनि बचनको बाण सहेरै भएपनि छोराको उपचारका लागि सहयोग जुटाउन नछाडेको सुकुरानी बताउँछिन् । मैले जस्तो पीडा कसैले भोग्ने नपरोस् गहभरि आँशु लिदै सुकुरानीले भनिन् ।मेरो छोराका उपचारमा जति सक्नुहुन्छ सहयोग गरिदिनुस दुई हात जोड्दै सुकरानीले भनिन् ।
नोटः सहयोग गर्न चाहने व्यक्तिले सुकुरानी तामाङलाई ९८६९४९१०७३ मा सम्र्पक गर्न सक्नुहुनेछ ।





0 Comments
You can be the first one to leave a comment.