तनहुँको सदरमुकाम दमौली देखि चितवनको नारायणगढ जोड्ने बुद्ध सिं मार्गलाई नारायणगढ मुग्लिङ सडक खण्डको वैकल्पिक मार्ग बनाउनुपर्ने आवाज जिल्लाबासीहरुबाट उठन् थालेको छ ।
निर्माण कार्य थालनी भएको लामो समय वितिसक्दा पनि वैकल्पिक मार्ग विषयमा सरकारले ध्यान नदिएपछि विभिन्न संघ संस्थाका प्रतिनिधी र सर्वसाधारणहरुले आवाज उठाउन थालेका हुन् ।
भौगोलिक दुरी लगायत अन्य हिसाबले समेत बुद्ध सिं मार्ग नारायणगढ मुग्लिङ सडक खण्डको सबैभन्दा उपयुक्त वैकल्पिक मार्ग भएको हुँदा यसलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनुपर्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितको भनाई रहेको छ ।
खासगरी घुमाउनेमा मोटर गुड्ने पुल निर्माण नहुँदा यो वैकल्पिक मार्ग सञ्चालनमा आउन नसकेको हुँदा घुमाउने छिटो भन्दा छिटो पुल निर्माण गर्नुपर्ने समेत अध्यक्ष पण्डितको भनाई रहेको छ । त्यस्तै तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी समेत बुद सिं मार्ग नारायणगढ मुग्लिङ सडक खण्डको एक मात्र वैकल्पिक मार्ग भएको हुँदा यो सडक मार्गलाई तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिन्छन् । यो मार्ग सञ्चालनमा आएमा हरेक हिसाबले तनहुँबासीलाई फाइदा पुग्ने राजभण्डारीको भनाई रहेको छ । यो विषयलाई जनप्रतिनिधीहरुले समेत विशेष चासो लिनुपर्ने राजभण्डारीको भनाई रहेको छ । त्यसैगरी व्यास–२ निवासी प्रेम श्रेष्ठ यो मार्गलाई नारायणगढ मुग्लिङ सडक खण्डको वैकल्पिक मार्ग बनाउनु अत्यन्त सान्र्दभिक भएको बताउँछन् । श्रेष्ठ त्यसका लागि घुमाउनेमा जतिसक्दो छिटो मोटर गुड्ने पुल निर्माण गर्नुपर्नेमा समेत जोड दिन्छन् । साथै प्रदेश नं ४ को वैकल्पिक मार्गको रुपमा समेत बुद्ध सिं मार्गलाई प्रयोगमा ल्याउनुपर्ने श्रेष्ठको भनाई रहेको छ । त्यसैगरी तनहुँ घर भई हाल रोजगारीको सिलसिलामा दुबईमा रहेका अमर रानाभाट यो मार्ग यति आवश्यक भएको हुँदा छिटो सम्पन्न गुर्नपर्नेमा जोड दिन्छन् ।
त्यस्तै व्यास ४ निवासी भानु चापागाई समेत यो वैकल्पिक मार्ग छिटो भन्दा छिटो सञ्चालनमा सबैले घचघच्याउनु पर्ने बताउँछन् । त्यसैगरी व्यास–२ घर भई हाल राजधानीमा बस्दै आएका युवा बुद्धिजिवी बिष्णु बहादुर खड्का समेत घुमाउनेमा मोटर गुड्ने पुल बनाएर यो सडकलाई मूर्तरुप दिनुपर्नेमा जोड दिन्छन् । त्यसैगरी यातायात मजदुरका अगुवा सूर्य पौडेल यो सडक मार्ग अति आवश्यक भएको र श्रमदान गर्नुपरेमा यातायात मजदुर तयार रहेको समेत बताउँछन् ।
त्यसैगरी व्यास नगरपालिकाका नवनिर्वाचित वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ यो सडक मार्ग अति आवश्यक भएको हुँदा जति सक्दो छिटो काम अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । त्यस्तै नेपाल महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल समेत बुद्ध सिं मार्गलाई वैकल्पिक मार्ग बनाउनु पर्छ भन्ने पक्षमा आफू रहेको बताउँछिन् । त्यसैगरी व्यास–३ निवासी विपिन श्रेष्ठ समेत मुग्लिङ नारायणगढ सडक खण्डको तत्काल सडक सुधार हुने सम्भावना नदेखिएको हुँदा बुद्ध सिं मार्गलाई वैकल्पिक मार्ग बनाउनु पर्ने बताउँछन् । बुद्ध सिं मार्गले तनहुँको विकासको मार्ग खोल्ने समेत श्रेष्ठको भनाई रहेको छ । त्यस्तै पुलिमरयाङग निवासी युवा डिपी गुरुङ पनि बुद्ध सिं मार्ग सञ्चालनमा ल्याउन सकेमा मुग्लिङ नारायणगढ सडक खण्डको सास्तीबाट मुक्ति पाइने बताउँछन् । त्यस्तै बेलवास निवासी यमबहादुर आले मार्ग सञ्चालनमा ल्याउनका लागि जस्तो सुकै संघर्ष गर्न समेत तयार हुनुपर्ने बताउँछन् ।
त्यस्तै अन्य सर्वसाधारणहरु प्रकाश थापा, बुद्ध श्रेष्ठ, किशोर पन्थ, दिपकहरि ढकाल ,प्रेम श्रेष्ठ, हिरा भण्डारी, शिवप्रसाद तिवारी, शंकर प्रसाद गैह्रे लगायतले समेत बुद्ध सिं मार्गलाई वैकल्पिक मार्गका बनाउनुपर्नेमा जोड दिएका छन् ।
चितवनको नारायणगढ जोड्ने उदेश्यका साथ निर्माण गरिएको बुद्ध सिं मार्ग अन्र्तगत दमौली देखि घुमाउने सम्मको ३२ किलोमिटर सडकमा दैनिक यातायात सञ्चालन हुँदै आईरहेको छ । तर घुमाउनेमा मोटर गुड्ने पुल नहुँदा दमौलीबाट छुटेका सवारी साधानहरु घुमाउनेबाट नै फर्किएर आउने गरेका छन् । यसैबीच मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध हुन थालेपछि घुमाउनेमा झरेर सो मार्गमा चल्ने सवारी साधानमा चढेर यात्रुहरु दमौली हुँदै पोखरा, काठमाण्डौं जाने गरेका छन् ।





0 Comments
You can be the first one to leave a comment.