Bandipur-main-street-881x477
दमौली २२ वैशाख । वन्दको मौका छोपी डुम्रे वन्दीपुर रुटमा शुक्रबार र शनिबार प्राइभेट कारले ब्रम्हलुट गरेका छन् ।

पीडित यात्रुहरुले दिएको जानकारी अनुसार प्राइभेटकारले प्रति यात्रु ३ सय रुपैयाँ असुलेका थिए ।यसअघि प्रति यात्रु १ सय रुपैयाँ लिने गर्दथे । स्थानीय होटल सञ्चालकहरुले अवैध रुपमा सेवा सञ्चालन गरी यात्रुको ढाड सेक्दा पनि प्रशासन भने मौन रहेको छ । यता सार्वजनिक सवारी साधानमा यात्रा गर्दा प्रति यात्रु उक्त रुटमा ३५ रुपैयाँ भाडा रहेको छ ।
पर्यटकीय नगर बन्दिपुरमा होटल व्यवसायीहरुले सञ्चालन गरेको यातायात सेवाबाट यति धेरै चर्को रकम असुल्दा वन्दिपुरको पर्यटन व्यावसायमा समेत नकारात्मक असर परेको स्थानीयहरुको गुनासो रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment