सेतीमादी संवाददाता
रुपन्देही २१ पुस
बैशाख १२ गते गएको भुकम्पको अवस्थामा जिल्ला कारागारमा सिन्धुपालचोकमाबाट फरार अभियुक्त मिलन सुवेदीलाई पक्राउ गरिएको छ ।बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय छपिया बाट प्रहरी निरिक्षक भोजराज पाण्डेको कमाण्डमा खटिएको टोलीले रुपन्देही दयानगर गाविस वडा न.९ चिलिया बाट मंगलबार सुवेदी समातिएका हुन् ।सुवेदीलाई २०६४ सालमा काठमाण्डौ महानगरपालिका सुन्धारा स्थित भारतीय नागरिक सुल्तान खानलाई हत्या गरेको सम्बन्धी कर्तब्य ज्यान मुद्दामा २०६७ सालमा १० बर्ष कैद फैसाला भइ भुक्तानको लागि जिल्ला कारागार सिन्धुपालचोक थिए ।प्रहरी निरिक्षक पाण्डेका अनुसार आवस्यक अनुुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाईएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment