
दमौली २० फागुन । प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राखिनुपर्नेमा तनहुँबासीले जोड दिएका छन् ।
व्यास वाज वर्न इन दमौली अभियानका अभियन्ता एवं नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राखिनु अत्यन्त सान्र्दभिक हुने बताउँछन् । महाभारत ,चारवेद र अठार पुराणका रचयिता वेदव्यासको जन्म प्रदेश नम्बर ४ अन्र्तगत तनहुँको सदरमुकाम दमौलीमा भएको हुँदा प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राखिनुपर्ने अधिकारीको भनाई रहेको छ । यस विषयमा प्रदेश नम्बर नं ४ प्रदेश सांसदहरुले त्यसमा पनि तनहुँबाट प्रतिनिधीत्व गर्ने सांसदहरुले विशेष जोड दिनुपर्ने अधिकारीको भनाई रहेको छ ।
वेदव्यास हिन्दू धर्मको विराट व्यक्ति भएको हुँदा उनको सम्मान र यसक्षेत्रका प्रचारप्रसारका लागि पनि प्रदेश नम्बर नं ४ को नाम व्यास प्रदेश राख्नुपर्ने अधिकारीको भनाई रहेको छ ।त्यसैगरी नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य समेत प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राख्नुपर्नेमा जोड दिन्छन् । बुद्धको नाम जोडेर प्रदेश नम्बर ५ को नाम राख्ने तयारी भईरहेको अवस्थामा प्रदेश नम्बर ४ मा पनि वेदव्यासको नाम जोडेर व्यास प्रदेश राखिनुपर्ने आचार्यको भनाई रहेको छ ।
त्यस्तै क्षेत्रीय होटल संघ तनहुँका सचिव विकास खनाल समेत प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राख्नुपर्नेमा जोड दिन्छन् । व्यासको नाममा प्रदेश नाम राखिएमा अति उत्तम हुने खनालको भनाई रहेको छ ।
अधिकारी,आचार्य र खनालका अलावा अधिकांश तनहुँबासीले प्रदेश नम्बर ४ को नाम व्यास प्रदेश राख्नुपर्नेमा जोड दिएका छन् ।



0 Comments
You can be the first one to leave a comment.