दमौली ८ असोज । नेपाली काग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीको पार्टी भित्र र राष्ट्रिय राजनीतिमा खासै बोली बिक्दैन ।
पार्टी भित्र र राष्ट्रिय राजनीतिमा खासै बोली बिक्न छाडेपछि जोशी हिजोआज काग्रेस उपसभापति रामचन्द्र पौडेल र काग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीको उछितो काटेर दिन बताउन थालेका छन् । यसै सिलसिलामा पछिल्लो पटक गृह जिल्ला आएका जोशीले अधिकांश कार्यक्रममा उपसभापति पौडेल र केन्द्रिय सदस्य भण्डारीको उछितो काट्दै हिडेको पाइएको छ ।
यसरी पौडेल र भण्डारीको उछितो काट्ने क्रममा जोशीले शुक्रबार दमौलीमा आयोजित एक कार्यक्रममा पौडेल र भण्डारीले जिल्लामा विकास निर्माणको कार्यमा सिन्को नभाचेको आरोप लगाएका थिए । यहाँसम्मकि क्षेत्र नं १ हालै घोषणा गरिएको दुई नगरपालिका पनि मुख्यसचिवको पहलमा घोषणा गरेको बताएका थिए ।त्यस्तै पुर्कोट र बसन्तपुरलाई भण्डारीले नगरपालिका बनाउन नसकेको भन्दै आलोचना गरेका थिए । त्यसैगरी क्षेत्र नं १ मा विकास निर्माण गतिविधिीले फड्को मार्न नसकेको जोशीको आरोप थियो ।यता जोशीले त्यस किसिमको आरोप लगाईरहँदा भण्डारी सांसदमा निर्वाचित भएपछि तनहुँमा सबैभन्दा बढी विकास क्षेत्र नं १ मा परेको जिल्ला विकासको तथ्याङकबाट देखिन्छ । सांसद भण्डारीको पहलमा भानु मार्ग पीच गर्ने देखि पुर्कोटमा कबडहल निर्माण लगायत थुपै योजनाहरु परेका छन् ।त्यस्तै हालै मात्र भानु र आँबुखैरेनीलाई नगरपालिका घोषणा गराउन समेत सांसद भण्डारीको विशेष योगदान रहेको छ ।त्यस्तै दमौली अस्पतालमा मृगौला उपचार केन्द्र स्थापना गर्न समेत भण्डारीको महत्वपूर्ण योगदान रहेको छ ।
यता क्षेत्र नं २ मा समेत काग्रेस उपसभापति पौडेल सिन्को नभाँचेको जोशीको आरोप रहेको छ । त्यसक्रमा बोल्दै जोशीले पौडेलको दम नभएर व्यास नगरपालिकालाई उपमहानगर पालिका देखि जामुने ,श्याम्घा,कलेस्ती, छाङग ,मनपाङग नगरपालिका हुन नसकेको आरोप लगाएका थिए ।त्यस्तै अन्य विकास निर्माण गतिविधी समेत ठप्प भएको जोशीको आरोप रहेको थियो ।
यता जोशीले यस्तो आरोप लगाईरहँदा उनको आरोपमा कुनै तुक नभएको जिल्ला स्थित काग्रेस नेता तथा कार्यकर्ताको भनाई रहेको छ । चुनावका समयमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने अहिले आलोचना गर्दे हिड्दै कति सम्मको लज्जाजनक विषय हो एक जिल्ला स्तरीय काग्रेसका एक जिल्ला स्तरीय नेताले भने ।



0 Comments
You can be the first one to leave a comment.