31059568_582219548812145_6336570705844371456_n
दमौली ८ वैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले व्यास ५ चापाघाट स्थित भजन किर्तन समूहलाई ८५ हजार सहयोग प्रदान गरेका छन् ।
पूर्वमन्त्री भण्डारी भजन किर्तन समूहको भवन निर्माणका लागि उक्त रकम सहयोग प्रदान गरेका हुन् । भण्डारीद्धारा प्रदान गरिएको सहयोग रकम शनिबार नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी कार्यवाहक सभापति आलेले धर्म सस्कृतिको रक्षाको विषयमा काग्रेस प्रतिवद्ध रहेको बताएका थिए ।त्यस्तै धर्म संस्कृतिको रक्षाका लागि पार्टीले सक्दो सहयोग गर्ने समेत कार्यवाहक सभापति आलेको भनाई थियो । समूहका अध्यक्ष मानध्वज थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, स्याङजका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य , युवा नेता हिरा थापा लगायतले बोलेका थिए । सो अवसरमा पूर्वमन्त्री भण्डारीद्धारा पठाइएको शुभकामना सन्देश पढेर समेत सुनाईएको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment