
दमौली १७ फागुन । होलीको अवसर पारेर बिहिबार रुपाकोटमा पुतली बजार उत्सव २०७४ आयोजना गरियो ।
सो उत्सवको नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । उत्सवको उद्घाटन गर्दे पूर्वमन्त्री भण्डारीले यस किसिमको मेला महोत्सवको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । यस किसिमका मेला महोत्सवले नेपाली कला संस्कृतिको जगेर्ना गर्ने समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको थियो ।
त्यस्तै पूर्वमन्त्री भण्डारीले यस क्षेत्रको विकास आफू सधै प्रतिबद्ध भएर लाग्नेमा समेत जोड दिएका थिए । यस क्षेत्रको विकासका लागि म हिजो पनि लागेको थिए आज पनि लागिरहेको छु र भोलि पनि लागि रहनेछु पूर्वमन्त्री भण्डारीले भने ।
सो उत्सवमा नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल , नेविसंघका महामन्त्री आनन्दराज त्रिपाठी लगायतले बोलेका थिए । उत्सवमा खुल्ला भलिवल र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।उत्सव हेर्न त्यसक्षेत्रका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
पूर्वमन्त्री भण्डारी दमौलीमा
यसैबीच पूर्वमन्त्री भण्डारी आज दमौलीमा रहेका छन् । पूर्वमन्त्री भण्डारीले दमौलीमा रहँदा जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।



0 Comments
You can be the first one to leave a comment.