दमौली २५ वैशाख । आँवुखैरेनी गाउँपालिकामा वाम गठबन्धनका तर्फबाट पराजित उम्मेदवार सन्तबहादुर के.सी.का छोरा शिवराम के.सी.ले कार्यकारी अधिकृत नभएको अवस्थामा अनुगमन गर्न आएको भन्दै गाउँपालिकाका कर्मचारीहरुलाई धम्कयाउने गरेका छन् ।
गाउँपालिकाका कर्मचारीलाई धम्क्याउने के.सी. माथिल्लो तामाकोशीमा कार्यरत इन्जिनियर हुन् । आँबुखैरेनी गाउँपालिका कर्मचारीले दिएको जानकारी अनुसार आफू अनुगमनमा आएको भन्दै गाउँपालिकाका कर्मचारीलाई हरहिसाब देखाउन धम्की दिएका थिए ।त्यस्तै के.सी.ले वाम गठबन्धनको सरकार रहेको हुँदा वाम गठबन्धनको अनुमति बिना बजेट खर्च नगर्न समेत दबाब दिएको बुझिएको छ ।
त्यस्तै मंसिर २१ मा सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गरेको आरोप लगाउँदै गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापालाई सरुवा गर्ने धम्की दिनहुँ आउन थालेको समेत बुझिएको छ । एमालेका तर्फबाट निर्वाचित सांसदहरु समेत थापाको सरुवाका लागि भन्दै मन्त्रालय धाउन थालेका छन् ।




0 Comments
You can be the first one to leave a comment.