सेतीमादी संवाददाता
दमौली २२ पुस

नेपाली काग्रेसको १३ औं महाधिवेशन नजिकिदै जाँदा गाउँ देखि केन्द्र तहसम्म विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ ।
यसै सिलसिलामा नेपाली काग्रेस व्यास नगर समितिको सभापतिका लागि समेत उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ ।

10408824_1619003511691797_2305009680180032405_n

नगर सभापतिका लागि बलिया दाबेदार वाग्ले  ।

यसक्रममा काग्रेसका जिल्ला स्तरीय नेताहरु शान्तिरमण वाग्ले, अशोक कुमार श्रेष्ठ, देवकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्यले समेत उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

ashok

नगर सभापतिका लागि दाबेदार अशोक कुमार श्रेष्ठ ।
त्यस्तै हालका सचिव रामशरण अधिकारी समेत उम्मेदवारी घोषणा गर्ने विषयमा पर्ख र हेरको नीतिमा रहेका छन् ।
झण्डै आधा दर्जन नेताहरुले नगर सभापतिका लागि दाबा गरे पनि शान्तिरमण वाग्ले र अशोक कुमार श्रेष्ठलाई नै बलिया उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपी यि दुई मध्ये एक उम्मेदवार बन्ने सम्भावना समेत त्यतिकै रहेको काग्रेसी नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।

devkumar

देवकुमार श्रेष्ठ ।

उम्मेदवारी घोषणा गरेका मध्ये वाग्ले आफू मैदानबाट पछि नहट्ने बताउँछन् । प्रजातान्त्रिक पद्धति अनुसार चुनावी मैदानमा उत्रिन तयार रहेको वाग्लेको भनाई रहेको छ ।त्यस्तै नगरसभापतिका लागि उम्मेदवारी घोषणा गरेका अशोक कुमार श्रेष्ठ समेत आफू पछाडि नहट्ने बताउँछन् । तत्कालिन नगर सभापति बद्रीहरी भट्राई कै पालामा मैदानमा उत्रिने अन्तिम तयारी गरेको भएपनि नेताहरुको आग्रहलाई मान्दै त्यतिबेला आफू पछाडि हटेको श्रेष्ठ बताउँछन् । यता नगर सभापतिको आकांक्षी श्रेष्ठलाई काग्रेसी कार्यकर्ताहरुले भने जिल्ला कार्य समितिको पदाधिकारीमा समेत उपयुक्त हुने सुझाव दिएका छन् । यता अर्का दावेदार देवकुमार श्रेष्ठले समेत आफु पनि नगर सभापतिका लागि योग्य भएको दावी गर्दै आइरहेका छन्।

165158_143215532399805_7363626_n

माधवबहादुर पन्त ।
यसैबीच नेपाली काग्रेसका तनहुँ जिल्ला सल्लाहकार सदस्य माधव बहादुर पन्तले समेत १३ औं जिल्ला अधिवेशनमा महत्वपूर्ण पदमा उमेद्वारी दिने तयारी गरेको बुझिएको छ ।

 

1 Comment

  1. कमल says:

    लामो समयको अनिश्चित राजनितिक अन्योलले अब नरहने पक्का भयको जस्तो छ। जनताले आफ्नो नगर सभापति फेरि आफैले छान्ने समय आउने वाला छ। यति चाडैं चुनावी माहोल ले पुष महिनामा पनि पसिना छुटाउन थालेकोछ। खासगरी उम्मेदवारीमा सहभागी हुनेको संख्या पनि उल्लेख्य हुने बिश्वास देखियकोछ।

    यो खुसीको कुरा त अबस्री पनि हो र आशा गरौ सहि र अशल पोलिसी हुने ले नै जित्नेछ । ब्यक्तिलाइ होइन उम्मेद्वारको छ्यमतालाइ चुनौ नगर लाई सहि भिजन चाहियकोछ।

Leave a Reply to कमल