दमौली ३० वैशाख । व्यास नगरपालिका वडा नं ११ स्थित धारापानी सामुदायिक वनको ढुङगा उत्खननमा उद्योगी ललित स्वरागीले गिद्धे दृष्टि लगाएका छन् ।

सामुदायिक वनको ढुङगा उत्खननमा गिद्धे दृष्टि लगाएका स्वरागीले सामुदायिक वन उत्खनन्का लागि वन मन्त्रालयमा फाइल समेत पेश गरेका छन् । स्वरागीले ५ हेक्टर जमिन उत्खननका लागि मन्त्रालयमा फाइल पेश गरेको बुझिएको छ । यस अगाडि स्वरागीले उक्त सामुदायिक वन आसपासको क्षेत्रमा करिव १ हेक्टर जमिन खरीद गरी ढुङगा खानी सञ्चालन गर्दे आईरहेका छन् । करिव १ हेक्टर जमिन खरीद गरेपनि स्वरागीले सामुदायिक वनको जग्गा समेत अतिक्रमण गर्न थालेको स्थानीयको गुनासो रहेको छ । यसका अलावा स्वरागीले करिब एक सय मिटर सामुदायिक वनको जग्गा हुँदै खानीबाट उत्खनन् गरेका ढुङगाहरु निकासी गर्दे आईरहेका छन् ।

 

यसैबीच धारापानी सामुदायिक वनको जग्गामा गिद्धे दृष्टि लगाएका स्वरागीसंग जानकारी माग्न खोज्दा सेतीमादी दैनिकका सम्पादक डम्बर अधिकारीलाई पहिलो पटकमा नै तपाईको पत्रिकालाई कति सहयोग गरौं भन्दै आर्थिक प्रलोभन देखाएका छन् । खानी सञ्चालनको विषयमा स्थानीयबाट गुनासो आएको छ नि यसमा तपाईको धारणा के छ भनि जिज्ञासा राख्दा स्वरागीले तपाई सोधेको हरेक कुराको फोनमा जवाफ दिनुपर्छ भन्ने छैन भेटमा चिया खाएर बताउँला स्वरागीले भने ।
त्यस्तै तपाई कान्तिपुरको पत्रकार होइन स्थानीय पत्रकार रहेछ सबै भन्नुपर्छ भन्ने के छ कुराकानीका क्रममा स्वरागीले भने । त्यस्तै तपाई स्वरागीले मैले चलाएको उद्योगको विषयमा सोध्ने नेपाल सरकारको मान्छे हो र तपाईलाई भन्नै पर्छ भन्ने के छ भन्ने समेत भनेका थिए । त्यस्तै सामुदायिक वनको जग्गा हामीले लिनुपर्ने हुन्छ उनले कुराकानीका क्रममा भने ।
सम्बन्धित निकाय मौन
यता स्वरागीले सञ्चालन गरेको ढुङगा खानीले सामुदायिक वनको जग्गामा बाटो बनाएर निकासी गर्दे गर्दा र सामुदायिक वनको जग्गामा गिद्धे दृष्टि लगाउँदा पनि व्यास नगरपालिका र जिल्ला वन कार्यालयले समेत खासै ध्यान दिएको अवस्था छैन ।
यसरी सम्बन्धित निकायले ध्यान नदिदाँ ति निकायहरु प्रति सर्वसाधारणको असन्तुष्टि बढ्दै जान थालेको छ ।

चन्दा नदिदाँ स्काभेटरमा आगजनी
यता ढुङगा सञ्चालन गर्दे आएका स्वरागीले विभिन्न समूहलाई चन्दा नदिदाँ नोक्सानी समेत बेर्होनु परेको छ ।
केही समय अगाडि ढुङगा खानीमा उत्खनन्का लागि प्रयोग गरिएको स्काभेटरमा आगजनी समेत भएको थियो ।

स्वरागी दुहुनो गाई
यसैबीच ढुङगा उद्योग सञ्चालन गरेको स्वरागी विभिन्न समूहका लागि दुहुनो गाई बन्न पुगेका छन् । ढुङगा खानीको विषयमा कसैले कुरा उठाएमा समूह हेरेर स्वरागीले रकम दिने गरेको बुझिएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment