दमौली २२ कार्तिक । तनहुँ जिल्लालाई  पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ ।
शुक्रबार दमौलीमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले जिल्लालाई पूर्णखोप सुनिश्चिता भएको घोषणा गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथी भण्डारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । सो अवसरमा बोल्दै सांसद भण्डारीले तनहुँ जिल्ला पूर्णखोप सुनिश्चिता जिल्ला  हुनु गौरवको विषय भएको बताएका थिए । साथै सांसद भण्डारीले जिल्लालाई पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरेपछि पनि खोपको कार्यान्वयन र निगरानीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै सांसद भण्डारीले मुलुकको अस्थिर राजनीतिका कारण बेलैमा खोप लगायत अन्य औषधीहरु नपाउँदा बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर परेको हुँदा यस विषयमा सोच्नुपर्ने बेला आएको बताएका थिए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष  एवं स्थानीय विकास अधिकारी अन्जन न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सांसदहरु टुकराज सिग्देल, रामचन्द्र पोखरेल ,आशा कोइराला, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य पीएल श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल, प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ  लगायतले बोलेका थिए ।
यसअघि स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाहरुले तनहुँ जिल्ला पूर्णखोप सुनिश्चिता भएको खुसीयालीमा रयाली निकालेका थिए ।रयाली दमौली बजार परिक्रमा गरी खुलाचौरमा पुगि सभामा परिणत भएको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment