दमौली १९ कार्तिक । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पहिलो पूर्ण खोप सुनिश्चिता जिल्ला हुने भएको छ ।
सो कुराको जानकारी बुधबार जिल्ला स्वास्थ्य कार्यालय तनहुँमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार तनहुँ जिल्लालाई कार्तिक २० गते पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिदै छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पवनजंग रायमाझीले यो सम्पूर्ण जिल्लाबासीका लागि गौरवको विषय भएको बताएका थिए ।साथै डा. रायमाझीले घोषणाको तयारी अन्तिम चरणमा पुगेको समेत बताएका थिए ।
सो पत्रकार सम्मेलनमा जनस्वास्थ्य निरिक्षक दुर्गादत्त चापागाईले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । निरिक्षक चापागाईका अनुसार घोषणा कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था र नागरिक समाज, शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment