दमौली १९ भदौ । तनहुँबाट कैलाली सरुवा भएर गएर प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ कैलाली घटनाको विषयलाई लिएर गृहमन्त्रालयको २४ घण्टेमा परे जस्तै कैलालीबाट तनहुँ सरुवा भएर आएका प्रजिअ माहादेव पन्थ पनि गृहमन्त्रालयको २४ घण्टेमा पर्ने संकेत देखिएको छ ।
१५ दिनको अन्तरालमा दुई आयोजकले छुटछुट्ै ढंगले महोत्सव आयोजना गर्ने घोषणा गर्दा पनि समाधानका लागि कुनै चासो नदेखाएपछि प्रजिअ पन्थ गृहमन्त्रालयको २४ घण्टेमा पर्ने संकेत देखिएको हो । यस विषयमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको २० औं साधारण सभाको बन्द सत्रमा समेत व्यापक रुपमा वहस भएको थियो ।त्यसक्रममा सहभागीहरुले प्रमुख जिल्ला अधिकारी पन्थले व्यवसायीहरु बीच भिडन्त गराउन खोजेको समेत बताएका थिए ।यस विषयमा तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा भूपू अध्यक्षहरु , भूप बजार इकाईका सभापति र व्यवसायीहरुको नेतृत्वमा डेलिगेसन गएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरानुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
यता यस किसिमिको सम्वेदनशील विषयमा पनि प्रजिअले सामान्य ढंगले हेर्नुलाई बजारबासीले समेत अचम्म मान्न थालेका छन् ।साथै बेलैमा प्रजिअले ध्यान नदिने हुने हो भने प्रजिअ पन्थ गृहमन्त्रालयको २४ घण्टेमा पर्ने अड्कलबाजी समेत गर्न थालेका छन् । यता गृहमन्त्री वामदेव गौतमको रोजाईमा तनहुँमा पठाइएका प्रजिअ पन्थलाई गृहमन्त्री गौतम निकटका व्यक्तिहरुको ईशारामा चल्लन थालेको आरोप समेत लाग्न थालेको छ ।
यसैबीच पुष ९ देखि १९ गतेसम्म तनहुँ सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव घोषणा गरेका नेपाल आदिवासी जनजाति महासंघ तनहुँ र व्यास नगर उद्योग वाणिज्य संघले केही राजनीतिक दलका जिल्ला नेतृत्वलाई भेटघाट समेत गरेका छन् ।यसक्रममा आदिवासी जनजाती जिल्ला समन्वय परिषदका अध्यक्ष दीर्घ बहादुर दरैको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रममा नेकपा एमाले, एमाओवादी, नेकपा माओवादी, राष्ट्रिय जनमुक्ति पार्टीका प्रमुख एवं प्रतिनिधिसंग छलफल अगाडि बढाएका थिए ।



0 Comments
You can be the first one to leave a comment.