डुम्रे साँस्कृतिक युवा परिवारद्धारा सवारी दुर्घटनामा परि अपाङगता भएका परिवारका सदस्य अशोक थापालाई सहयोग हस्तान्तरण गरिएको छ ।
परिवारका अध्यक्ष राजकुमार श्रेष्ठ राजु को नेतृत्वमा गएको टोलीले थापालाई सो सहयोग हस्तान्तरण गरेको हो । परिवारले दिएको जानकारी अनुसार थापालाई १ लाख ६० हजार १ सय ७२ रुपैयाँ हस्तान्तरण गरिएको छ । उक्त रकम परिवारले देउसी भैलो खेलेर संकलन गरेको थियो । परिवारद्धारा हस्तान्तरण गरिएको रकम तनहुँ वचत तथा ऋण सहकारी संस्थामा राखिएको र थापाले उक्त रकम व्याज लिने परिवारले जनाएको छ ।



0 Comments
You can be the first one to leave a comment.