दमौली १७ साउन । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत व्यास १ अम्रेनीमा बसले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बसको ठक्करबाट मृत्यु हुनेमा व्यास १ गल्बुवेशी निवासी बर्ष ४५ ⁄ ४६ की निर्मला बसौला रहेकी छन् । सडक छेउमा हिड्नेक्रममा दिउँसो साँढे ३ बजेका आसपासपासमा मुग्लिङबाट पोखरा तर्फ आउँदै गरेको सवारी साधानले बसौलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बसौलाको उपचारका लागि दमौली अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।



0 Comments
You can be the first one to leave a comment.