दमौली ८ असोज । दमौली अस्पतालमा जेनेटर सुविधा नहुँदा मृगौला उपचार केन्द्र संचालनमा ढिलाई भएको छ ।
अस्पतालले जेनेटर सुविधा उपलब्ध गराएको खण्डमा भोलिपल्ट देखिनै आफूहरुले मृगौला उपचार केन्द्र संचालन गर्ने राष्ट्रिय मृगौला उपचार केन्द्रले जनाएको छ । राष्ट्रिय मृगौला उपचार केन्द्रका क्लिनिकल कोअडिनेटर तोयानाथ दवाडी दशै अगाडि सम्म आफूहरुले उपचार केन्द्र संचालन गर्ने योजना बनाएको बताउँछन् । क्लिनिक कोअडिनेटर दवाडीका अनुसार केन्द्र संचालनका लागि एक करोड भन्दा बढी मूल्यको सामाग्री समेत दमौली अस्पतालमा ल्याई सकिएको छ ।
त्यस्तै दवाडीका अनुसार सेवा केन्द्र संचालन भएपछि दैनिक रुपमा १८ ⁄ २० जना बिरामीको डाइलोसिस गर्न सकिने छ । दवाडीका अनुसार यो डाइलोसिस सुविधा लिनका लागि राजधानीको वीर र टिचिङग हस्पिटलमा ५ ⁄ ६ महिना कुर्नुपर्ने अवस्था रहेको छ । दमौलीमा यो सेवा संचालन भएपछि विरामीहरुलाई निकै सुविधा पुग्नेछ दवाडी भन्छन् । सरकारी अस्पतालबाट सिफारिस गरिएका विरामीहरुलाई २ बर्ष सम्म निशुल्क रुपमा डाडलोसिसको व्यवस्था समेत गरिने कोअडिनेटर दवाडीले बताए । त्यस्तै ७५ बर्ष माथिका बिरामीहरुलाई निशुल्क रुपमा उपचार गरिने समेत दवाडीले बताए ।
त्यस्तै राष्ट्रिय मृगौला उपचार केन्द्रका प्रवन्धक विमल बराल केन्द्र संचालन सगै बेला बेलामा शिविर आयोजना गरिने बताउँछन् ।दमौलीमा केन्द्र स्थापना हुँदा यस क्षेत्रका बासिन्दाका लागि ठूलो फाइदा पुग्ने बरालको भनाई रहेको छ ।
उपचार केन्द्र दमौली ल्याउन भण्डारीको महत्वपूर्ण भूमिका–दवाडी
राष्ट्रिय मृगौला उपचार केन्द्र दमौलीमा ल्याउन काग्रेस केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको महत्वपूर्ण रहेको केन्द्रका क्लिनिकल कोअडिनेटर तोयानाथ दवाडी बताएका छन् ।
दवाडीका अनुसार सुरुमा यो उपचार केन्द्र हेटौडामा लैजाने तयारी गरिएको थियो ।तर हेटौडामा अस्पतालले २४ सै घण्टा बिजुली उपलब्ध गराउन नसक्ने भएपछि अन्यत्र लैजाने तयारी गरिएको थियो ।त्यसक्रममा सांसद भण्डारीकै पहलमा दमौलीमा ल्याइएको । ‘मेरो घर पनि तनहुँको मिर्लुङ हो मैले यो उपपचार केन्द्र संचालनको विषयमा सांसद भण्डारीलाई जानकारी गराए ।जानकारी गराए लगत्तै सांसद भण्डारी माथिल्लो निकाय देखि जिल्ला अस्पताल सम्म समन्वय गरिदिनु भयो ।’दवाडी भने । उपचार केन्द्र दमौली ल्याउने विषयमा सांसद भण्डारीलाई मैले एक दिनको समय दिएको थिए उहाँले एक घण्टामा सबै काम सम्पन्न गरिदिनु भयो दवाडीले भने ।



0 Comments
You can be the first one to leave a comment.