harishanker_duipzJ64jy
दमौली २९ फागुन । सोमबार यूएस बंगालाको जहाज दुर्घटनामा परि तनहुँका होनहार युवा व्यावसायी हरिशंकर पौडेलको निधन भएको छ ।
पौडेल व्यास नगरपालिकाका श्याम्घा मादीबेसी घर भई हाल राजधानीमा बस्दै ट्राभल एजेन्सी सञ्चालन गर्दे आईरहेका थिए । मध्यम परिवारका पौडेलले निकै सर्घष गर्दे सफल व्यावसायी बन्न सफल भएका थिए । व्यावसायी पौडेलकै पहलमा यूएस बंगालाले नेपालमा हवाई सेवा सुरुवात गरेको थियो । तर दुरभाग्य यूएस बंगालाको जहाज दुर्घटनामा परि पौडेलको निधन हुन पुग्यो ।
यसैबीच सफल व्यावसायी पौडेलको दुःखद निधनको खबरले सिङगो तनहुँबासी स्तब्ध हुन पुगेका छन् । पौडेलको निधनले तनहुँबासीलाई व्यासायिक क्षेत्रमा ठूलो क्षति पुगेको समेत जिल्लाबासीको भनाई रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment