IMG_2692
दमौली १७ असार । साफेबगर बाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ७ ख १७२ नम्बरको बसले चापघाटमा शनिबार  दिउँसो ठक्कर दिदाँ दुई पैदल यात्रु घाइते भएका छन् ।

घाइते हुनेहरुमा व्यास ५ का १६ बर्षिय पुष्कर थापा र व्यास ४ का १५ बर्षिय अनिस क्षेत्री रहेका छन् । घाइतेद्धयको शरीर र टाउकोमा चोट लागेको छ । घाइतेहरुका सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि पोखरा लगिएको छ ।

IMG_2698

मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध भएसगै बुटवल पोखरा हुँदै काठमाण्डौंका लागि आएको उक्त सवारी साधानका चालकले बाटो बिराएर भित्रि बाटोमा लैजादा उक्त दुर्घटना हुन पुगेको थियो । यता स्थानीय वासिन्दाले भने चालकको लापरवाहीका कारण उक्त दुर्घटना हुन पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बसले सामान्य ठक्कर दिएको अवस्थामा पछि जवरजस्ती पेल्न खोजेको स्थानीयको भनाई रहेको छ । ठक्कर दिने उक्त सवारी साधानका चालकलाई हदै सम्मको सजाय कार्वाही हुनुपर्ने स्थानीय वासिन्दाको माग रहेको छ । वडा अध्यक्ष मोहनकुमार श्रेष्ठको नेतृत्वमा स्थानीय बासिन्दाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा कार्वाहीको माग गर्दे गएका छन् ।

IMG_2712
यसैबीच सवारी चालक र सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । यसअघि सोही खण्डमा बसले ठक्कर दिदाँ हिजो दुई जनाको मृत्यु हुन पुगेको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment