दमौली ३० असोज । शुक्रबार राती मादी पुल नजिक घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मृत्यु हुनेमा व्यास ११ निवासी ३२ बर्षिय मनमोहन अधिकारी रहेका छन् ।
घाइते अवस्थामा भेटिएका अधिकारीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको थियो । घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment