28907641_1914897691855891_1803410310_n
 फागुन १६ बुधबार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित हुनुभएको छ । जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक बिशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुसोभित गर्नुभएको हो ।
डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल बिश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल बिश्वबिद्यालयबाट सन् २०१६ मा पाँच बर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ) बिशेषज्ञता हाँसिल गर्नुभएको थियो । उहाँले सो बिश्वबिद्यालयको एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म बिभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमानै सर्वाधिक अंक सहित सर्बोत्कृष्ट नतिजा हाँसिल गर्नुभएको थियो । डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबेटिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिवार डा. सन्देश पन्थिलाई यस सम्मानकालागि हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछ ।

 

एपेक्सलाईफ स्कूलमा वृहद शैक्षिक प्रदर्शनी,इजरायली राजदुतबाट उदघाटन
 
काठमाडौँ, २३ फागुन ।
एपेक्स लाईफ स्कूलले पढाईको साथसाथै विद्यार्थीको सृजनात्मक क्षमता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने अभिप्रयाले विद्यालय प्राङ्गणमा वृहद शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । अध्ययनका क्रममा वर्षभरिमा विद्यार्थाीले बनाएका शैक्षिक, ज्ञान एवम अनुसन्धानमूलक विज्ञान, प्रविधि, सामाजिक, सांस्कृतिक र वातावरणका क्षेत्रका प्रयोगात्मक र व्यवहारिक सामाग्री सो प्रदर्शनीमा राखिएको छ । आध्यात्मिक र पूर्वीय दर्शनलाई समेत विद्यालयको पठनपाठनमा विशेष जोड दिई त्यसको व्यवहारिक अभ्यास समेत गर्ने गरिएको स्कूलका लेखा प्रमुख विन्दु अधिकारी न्यौपानेले जानकारी दिनुभयो । सो वृहद शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज उद्घाटन गर्दै सामाजिक, सांस्कृतिक र समग्र देशको विकासको मूल मन्त्र शिक्षा भएको धारणा राख्नुभयो । “ सीपमूलक र व्यवहारिक गुणस्तरीय शिक्षाबाटै विश्वव्यापी रुपमा माग भएको योग्य र दक्ष जनशक्तिको माग पुरा गर्न मद्धत पुग्छ,” उहाँले भन्नुभयो । शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा हरि लम्सालले राजनीतिक अस्थिरता शिक्षाको विकासको लागि वाधक हुने गरेको धारणा राख्दै परिक्षामा उत्तिर्ण हुने विद्यार्थीभन्दा असल विद्यार्थी तयार गर्न ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिनुभयो । विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेले विद्यार्थीको शैक्षिक ज्ञानको साथसाथै सृजनात्ममक प्रतिभालाई उजागरी र व्यवहारिक र सीपमूलक शिक्षा दिन यस प्रकारका रचनात्मक कार्य गरिदै आएको बताउनुभयो । दैनिक पढाईका अतिरिक्त खेलकुद, कला, गीतसंगीत लगायत दैनिक अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको उक्त स्कूलमा बालाजु, रविभवन, कपन, बुढानिलकण्ठ, थापाथलीका साथै भक्तपुरको ठिमी, बालकोट लगायतका क्षेत्रबाट आएका ३५० विद्यार्थी पढ्ने गरेको लेखाप्रमुख विन्दु अधिकारी न्यौपानेले बताउनुभयो ।
 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment